कावासोतीमा बस पल्टिँदा १६ घाइते, चारजना गम्भीर

0 71







कावासोती, २९ कात्तिक । नवलपरासीको कावासोती नगरपालिका ३ परानो कावासोतीमा यात्रु वाहक बस पल्टदा १६ जना घाइते भएका छन् ।
दाङबाट काठमाडौं जाँदै गरेको ना ६ ख ६३०१ नम्बरको बस दुर्घटनामा परेको थियो । दुर्घटनामा चारजना गम्भीर घाइते भएका छन् ।

घाइतेहरु मध्ये दाङ सतवरीया–८ का २६ वर्षीया पूजा तामाङ, दाङ लमही–९ का ३० वर्षीया कल्पना बुढामगर, देउखुरीका ४७ वर्षीया रामदुल्ली चौधरी र ५० वर्षीय प्रदेसु चौधरीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ ।

घाइते १२ जनाको कालीगण्डकी अस्पताल कावासोती र गम्भीर घाइते चार जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
बस सडकबाट केही तल खसेको छ ।

You might also like
Loading...