भारतीय जंगली काठहरु नेपाल र भारतको सिमाना पक्लिहवाबाट धमाधम भित्रीदै

0

सुस्ता २९ कार्तिक 






पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको पक्लिहवा यतिखेर भारतीय जंगली काठहरु अवैध रूपमा भित्रिने नाका बन्दै गएको छ ।

नेपाल र भारतको सिमाना नजिकै रहेको भारतीय जङ्गलबाट भारतीय नागरिकहरुले रातीको समयमा काठ काटेर दिनमा पक्लिह्वाको सकरदिन्ही र बलिनगरको नाका हुँदै अबैध रूपमा ल्याउने गरेको छ ।
अबैध रूपमा ल्याएको भारतीय जंगली काठहरु पक्लिहवामा रहेको विभिन्न सवमिल अर्थात काठ चिर्ने मिलहरुमा अबैध रूपमा चिर्ने र त्यो काठको मुढा बाट विभिन्न फर्निचर सामग्रीहरु बनाई महङ्गो दाममा बिक्री वितरण गर्ने गरेको पाइन्छ । साथै केही काठहरु त नजिकको प्रहरी चौकी र बन कार्यालयका केही कर्मचारीहरुलाई मिलाएर ट्याक्टरमा लोड गरि सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाको विभिन्न फर्निचर उद्योग र सवमिलहरुमा स्थानीय ठेकेदारहरुले बिक्री गर्ने गरेको छ ।
सो अवैध रूपमा भैरहेको काठको तस्करी कार्यमा प्रहरी चौकी रामनगर र बन कार्यालयका केही कर्मचारीहरुको पनि मिलोमतोमा भैरहेको स्थानीय बासीहरुको आरोप छ ।



सम्बन्धित
Loading...