दाउन्ने देवी महिला सहकारीका २१ औं वार्षिक साधारण

0 139







नवलपरासी (बर्दघाट), २९ कात्तिक ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ बर्दघाटमा रहेको दाउन्ने देवी महिला बहुउद्देश्य सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक साधारण तथा ९ औं अधिवेशन विहिबार बर्दघाटमा भएको छ ।
संस्थाका अध्यक्ष देवी पौडेलको अध्यक्षता भएको साधारण सभा तथा अधिवेशनको बर्दघाट नगरपालिका नगर प्रमुख धिरज शर्मा बस्यालले उद्घाटन गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख बस्यालले नगरपालिकाले महिला तथा बालबालिकाको क्षेत्रमा काम गरि रहेको हुदा महिलाहरु प्रत्यक्ष आय र आम्दानीसंग जोडिनको लागि निश्चित योजनाका साथ व्यवसायिक तालिमहरु गरेमा नगरपालिका सदैव सहकार्य गर्न तयार रहेको बताए । उनले सहकारीबाट लगेको ऋण व्यवसायिक कार्यमा लगाइ आम्दानी गर्न आग्रह समेत गरे ।
कार्यक्रममा नगर उपप्रमुख माया पौडेल, अधिवक्ता बाबुराम खड्का, कार्यक्रममा शेयर सदस्यको तर्फबाट लक्ष्मी बर्तौला, सानाकिसान कृषि सहकारी संघ बर्दघाटका अध्यक्ष पशुपति न्यौपाने, सूर्यगंगा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जनक रावल, पत्रकार रामु भुसाल, महिला विकास कार्यालय बर्दघाटका अपसरा सुवेदी, राष्ट्रिय सहकारी बैंक बर्दघाट शाखा प्रमुख सविना पोख्रेल, अधिवक्ता बाबुराम खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा अध्यक्षको प्रगति प्रतिवेदन अध्यक्ष देवी पौडेल, लेखा सुपरिवेक्षण समितिको बार्षिक प्रतिवेदन लेखा संयोजक रीना गौचन गुरुङ र संस्थाको आर्थिक तथा लेखा परिक्षण प्रतिवेदन व्यवस्थापक हिरा शाहीले प्रस्ततु गरेका थिए ।
७ करोड ५० लाख ७२ हजार ६ सय ९ रुपैयाँ बराबरको आय व्यय विवरण प्रस्तुत गर्दै शाहीले यस आर्थिक वर्षमा संस्थाले कुल ११ लाख ५८ हजार १ सय ५६ रुपैया कुल आम्दानी गर्न सफल भएको बताए ।
कार्यक्रममा जेष्ठ शेयर सदस्य उत्कृष्ट बचत कर्ता, उत्कृष्ट शेयर कर्ता, उत्कृष्ट ऋणी र उत्कृष्ट व्यवसायिलाई नगद सहित प्रमाणपत्रले सम्मान गरिएको थियो भने बर्दघाट नगरपालिका भित्रका निम्न आय स्रोत भएका विद्यालयलाई नगद ५० हजारका दरले अक्षयकोष स्थापनाका सहयोग प्रदान गरिएको थियो ।
बर्दघाट ६ स्थित राष्ट्रिय मावी पोटाहा, बर्दघाट १० स्थित ज्ञानज्योति मावि अल्हावल र बर्दघाट १२ स्थित नित्यानन्द रत्नकुमारी मावी जहदा गरि ३ वटा विद्यालयलाई सहयोग प्रदान गरिएको हो ।
संस्थाका सदस्य लक्ष्मी शर्माको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन व्यवस्थापक हिरा शाहीले गरेका थिए ।
नवौँ अधिबेशनले आगामी ४ बर्षका लागी नया नेतृत्व समेत चयन गर्ने आयोजकले जनाएको छ ।

You might also like
Loading...