स्व. पद्मरत्न तुलाधरको श्रद्धाञ्जली सभा

0 43







मङसीर १

नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद, नवलपरासी र नेवादे दबू, जिल्ला कार्य समिति, नवलपरासीको संयुक्त आयोजनामा स्व. पद्मरत्न तुलाधरको श्रद्धाञ्जली सभा  सुनवल नगरपालिका वडा नं १ सुनवल चौराहामा सम्पन्न  भएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, नवलपरासीका अध्यक्ष देवराज चौधरीको अध्यक्षता  तथा नेवादे दबू केन्द्रिय कार्यसमिति सदस्य महेन्द्रप्रसाद लिगलको प्रमुख आतिथ्यता रहेको सोक सभामा  तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका  अध्यक्ष पुराण गुरुङ्ग, नेपाल मगर संघ अध्यक्ष दिलबहादुर थापा,नेवा देदबु जिल्ला कार्यसमिति नवलपरासी अध्यक्ष काजिमान श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला सल्लाहकार धन बहादुर लामा,थारु कल्याण कारि सभा जिल्ला अध्यक्ष मुन्द्रिका प्रसाद चौधरी,नेवा दे दबु बरिष्ठ सल्लाहकार सुमन गोपाल श्रेष्ठ, तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रिय सदस्य  काजिमान गुरुङ्ग,नेपाल नेपाल कुमाल सुधार समाज नेपाल केन्द्रिय उपाध्यक्ष दशरथ कुमाल , सुनवल नं १२ कावडा अध्यक्ष बिन प्रसाद बुढाथोकि,सुनवल ६का वडाध्यक्ष रामप्रसाद लामा,सुनवल ४ वडाध्यक्ष वीरबहादुर गुरुङ्ग,नेपाल आदिवासी जनजाति महासंघ,सुनवल अध्यक्ष देवबहादुर गुरुङ,नेपाल आदिवासी जनजाति युवा महासंघ, ५ नं प्रदेश सहसंयोजक मिलन गुरुङ लगायतको उपस्थिति रहेको थियो । नेपाल आदिबासी जनजाति महासंघ जिल्ला परिषद्का उपाध्यक्ष टिचन गुरुगंको स्वागत मन्तव्य रहेको कार्यक्रममा जिल्ला समन्वय परिषद्का सचिव मन बहादुर थापा मगरले गर्नुभएको थियो।

You might also like
Loading...