सरकारी आयुर्वेद अस्पतालमा नयां उपचार प्रविधीको प्रयोगले हडडी जोडका विरामीहरु लाभान्वीत हुदै

0 58







गोपी ज्ञवाली
नवलपरासी, ३ मंसीर ।

सरकारी आयुर्वेदिक अस्पताल (औषधालयहरु)ले नयां प्रविधिको उपचार विधीको प्रयोगले हडडी जोड वा नसाका समस्यका विरामीहरु अहिले निशुल्क उपचार प्राप्त गरि लाभान्वीत हुदै गर्दा आयुर्वेदिक औषधालयहरुमा विरामीहरुको चाप बडेको छ । प्राय जसो सुनसान हुने नवलपरासीका सरकरी आयुर्वेदिक अस्पतालहरुमा विभिन्न प्रकारका समस्याको सेकाई गरि गरिने उपचार प्रविधि स्नेहन स्वयन्दन उपचार विधी संचालन गरे पछि जिल्लाका आर्युवेदिक अस्पतालहरुमा उपचार गर्न जाने विरामीहरुको हवात्तै बढेको छ ।
यलोपैथिक उपचार प्रद्धतिबाट उपचार गरिने अस्पतालहरुमा प्राय जसो भिडभाड भई रहने भए पनि जिल्लाका आयुर्वेदिक अस्पतालहरुमा उपचार गराउन जाने सेवाग्राहीको संख्या अत्यन्तै न्यून रहेको अवश्थामा पछिल्लो दुई वर्ष देखी नवलपरासीका आयुर्वेदिक अस्पतालहरुले बाथब्याधिबाट हुने विभिन्न प्रकारका समस्याको जडिबुटीको बाफले सेकाई गरिने प्रविधि स्नेहन स्वयन्दन सेवा शुरु गरे पछि अहिले आयुर्वेदिक अस्पतालहरुमा उपचर गराउन आउने विरामीहरुको संख्या उल्लेखनिय रुपमा बृद्धि भएको जिल्ला आयुर्वेद स्वाश्थ्य केन्द्र नवलपरासीका प्रमुख कविराज निरिक्षक डोलराज पौडेलले बताए ।
घोडा, डाड, खुटटा, पैतला, कुर्कुच्चा, गोलीगांठा, कुम्मर, शरिरको विभिन्न स्थानमा नशा च्यापीएर भएको समस्या लगाएतका बाथब्याधि सम्बन्धित हुने ४८ प्रकारका समस्याको उपचार यस सेकाई (स्नेहन स्वयन्दन) प्रविधिबाट गरिने गरेको जिल्ला आयुर्वेद स्वाश्थ्य केन्द्र अरुणखोलाका प्रमुख कविराज निरिक्षक पौडेलले बताएका छन । आयुर्वेद उपचार पद्धतीको नवलपरासीको जिल्ला कार्यालय अरुणखोला, जिल्लाका अन्य आयुर्वेदिक उपचार केन्द्रहरु पाल्ही, गुठीप्रसौनी, मनरी, गैडाकोट, रजहर, कावासोती त्रिवेणी, कुश्मा लगाएतका आयुर्वेदिक औषधालयहरुमा स्नेहन स्यन्दन प्रविधि संचालन गरिएको र अहिले यी औषधालयहरुमा विरामीको आगमनको संख्या उल्ललेखनिय रुपमा बढेको जिल्ला आयुर्वेद स्वाश्थ्य केन्द्र नवलपरासीका प्रमुख पौडेलले संचार कर्मीलाई बताउनु भएको छ ।
हाम्रो गांउघरमा नै पाईने बनस्पति शिमली, असुरो, धतुरा, अरन्डय, दशमुला चुर्ण लगाएतका जडिबुटीहरुलाई कुक्कर जस्तो एउटा विशेष प्रकारको भांडामा उमालेर निस्केको बाफले गरिने यो सेकाई प्रविधी मशिन र विद्युतले गरिने सेकाईको तुलनामा बडि प्रमावकारी रहेकोले यो प्रविधिी शुरु गरे पछि आयुर्वेदिक औषधालयमा आउने विरामीहरुको संख्या हवात्तै बढेर गएको गुठीप्रसौनी औषधालयका प्रमुख कविराज निरिक्षक दिनबन्धु पाठकले बताए । स्नेहन स्यन्दन प्रविधि प्रयोग गरि हडडी र जोडका दुखाईको उपचार शूरु गर्नु पुर्व आयुर्वेदिकका उपचार केन्द्रहरुमा फयाटटफुटट मात्र विरामीहरु आउने गरेको गुठीप्रसौनी औषधालयमा अहिले मासिक तीन देखी चार सय सम्म विरामीहरु उपचार गर्न आउनु थालेको गुठीप्रसौनी औषधालयका प्रमुख पाठकले बताएका छन ।
स्थानिय जडिबुटि शिमली, असुरो, धतुरा, अरन्डय, लगाएतका बनस्पतिलाई पानीमा केही समय उमाले पछि निस्केन बाफले दुखाई भएका वा समस्य भएका भागहरुमा करिब आधी घण्टा सम्म सेकाई गरीन्छ । यसरी सेकाई गर्दा शरिरमा कुनै प्रकारको नकारात्म असर ( रिएक्सन) नहुने, हाडडी र जोडका दुखाईमा अत्यन्तै प्रभावकारी उपचार विधि भएकाले यो प्रविधिको उपचार शूरु गरे पछि जिल्लाका सबै औषधालयहरुमा विरामीको संख्यामा उल्लेखनिय बृद्धि मएको जिल्ला आयुर्वेद स्वाश्थ्य केन्द्र नवलपरासीका प्रमुख पौडेलले बताएका छन ।
जडिबुटीको बाफले सेकाई गरिने स्नेहन स्वयन्दन उपचार गराउन आउनेहरुमा बृद्धबृद्धा, दुर्धटनाबाट हडडीको समस्या भएका विरामीहरु बडि आउने गरेको र यस उपचारबाट धेरै विरामीहरुले समस्याबाट मुक्ति पाएको बताईएको छ । कतिपय स्थानमा हडडीको समस्या जटिल भएका विरामीका लागि अस्पतालको जानकारहरु गएर विरामीको घरमा नै यो प्रविधि बनाई सेकाई गर्न सीकाएर समेत आएको जिल्ला आयुर्वेद स्वाश्थ्य केन्द्रका बैध्यनिरिक्षक डिलु कंडेलले बताएका छन ।

You might also like
Loading...