गाउँपालिकामा बसाईसरी आउनेलाई तीस हजार बसाईसराई भत्ता

0 144







रुमबहादुर विर्ता
नवलपरासी (बौदीकाली) ।

पछिल्लो समय नेपालको जनघनन्त्व शहर केन्द्रिय ढंगले तीव्र गतिमा बढेको छ। तर गाउँ तथा पहाड क्षेत्रमा भने गाउँ नै रित्तिन थालेको छ ।
पहाड क्षेत्रको बसाई पातलिदै गएपछि पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकाको जनप्रतिनिधिहरुले आफ्नो गाउँपालिकामा जनघनत्व बढाउनका लागि नयाँ जुक्ति निकालेको छ। अनेत्र गाउँपालिका वा नगरपालिकाबाट बौदीकाली गाउँपालिकामा बसाई सराई गरी आउनेलाई बसाई सराई भत्ता दिने । त्यो पनि प्रति परिवार २० देखि २५ हजार रुपैयाँसम्म।
बौदीकाली गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष मनबहादुर सारुका अनुसार बाक्लो बस्ती भएको ठाउँमा बसाईसरी आउनेलाई २५ र पातलो वस्ती भएको ठाउँमा बसाईसरी आउनेलाई ३० हजारको दरले बसाईसराई भत्ता दिने निर्णय भएको छ ।
बौदीकाली गाउँपालिकाको सदरमुकाम रहेका वडा डेढगाउँ बसाईसरी आउनेलाई २५ हजार र बौदीकाली ४ रुचाङ, बौदीकाली ५ बोबोक, बौदीकाली ६ नरममा बसाईसरी आउनेलाई ३० हजार रुपैयाँ भत्ता दिने भएको छ । त्यस्तै बौदीकाली १ मिथुकरम र बौदीकाली ३ रकुवामा बसाईसरी आउनेलाई पनि प्रतिपरिवार ३०÷३० हजारका दरले प्रोत्साहन भत्ता दिने निर्णय भएको हो।
बौदीकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीका अनुसार असोज १९ गतेको वैठकले यस्तो निर्णय गरेको हो ।
यस्तो निर्णय भएपनि अहिलेसम्म प्रात्साहन भत्ता माग्न भने गाउँपालिकाको कार्यालयमा कोही पनि पुगेको छैन । ज्ञवाली भन्छन् – पहिला पहिला यस गाउँपालिकाबाट कावासोती पोखरा बसाईसरी गएकाहरुलाई गाउँफिर्ता ल्याउन सकिन्छ भन्ने पहल गर्न यस्तो प्रोत्साहन भत्ता दिने निर्णय गरिएको हो ।
बौदीकाली गाउँपालिकामा १५ हजार ७३४ जनसंख्या छ भने ११ हजारको हाराहारीमा मतदाता रहेका छन् । ज्ञवालीको अनुभवमा संघीयता अघि बौदीकालीका समग्र वडाहरुलाई अर्थात साविकका गाविसहरुलाई हेर्दा बर्षेनी ५ देखि ७ प्रतिशत मानिस बसाईसरी अनेत्र जाने गरेपनि अहिले त्यो दर भने घटेको छ ।
पछिल्लो समय बसाईसरी गरी जानेको प्रतिशत १ देखि २ मा रहेको ज्ञवालीले बताए।
ज्ञवालीले भने त्यसो त संघीयता आएपछि गाउँपालिका भित्रकै गाउँपालिकाको सदरमुकाम आसपासका क्षेत्रमा जग्गाकिनबेच बढ्न थालेको छ। सदरमुकाम केन्द्रित बसाई सराई बढ्ने क्रम शुरु हुन थालेको छ। गाउँपालिकाले प्रोत्साहन भत्ता आफ्नै आन्तरिक स्रोतबाट व्यवस्थान गर्ने गरी प्रदान गर्ने निर्णय गरेको हो।

You might also like
Loading...