साप्ताहिक राशिफल २०७५साल मंसिर २ गते बाट ८ गतेसम्म

6

तपाईलाइ स्वागत छ



ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर ,चितवन
ज्योतिषी पं.लक्ष्मण सुवेदी
मो.९८५५०४६६५८
२०७५ साल मंसिर २ गते बाट ८ गते सम्म
मेष
कर्मयोगले समाजमा स्थापित गराउन सक्छ। काम देखाएर उपलब्धि हातपार्ने समय छ। मंगलबारपछि छौठौ सुर्य सप्तमेष हुने भयकाले विशेष जिम्मेवारी अथवा नोकरी प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तित्वसँग मित्रता बढ्नेछ। परिश्रमअनुसार राम्रै फल पाइनेछ। खर्च लागे पनि दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर छ। लगनशीलताले प्रसिद्धि पनि बढ्नेछ। मिहिनेतले दाम र इनाम दिलाउनेछ।
वृष
प्रारम्भमा अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्ला। काम गर्दा समेत जस नपाइनाले मन खिन्न रहनेछ। परिबन्धले केही झमेला निम्त्याउन सक्छ। स्वास्थ्य कमजोर रहनाले समयमा चिताएको काम गर्न नसकिएला। तापनि मिहिनेत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। समस्या दर्साउँदा सहयोगीहरू जुट्नेछन्। साताको उत्तरार्द्धमा काम बनाउन सकिनेछ। समुदायको हक हितको संरक्षण हुने काम गर्न सकिनेछ। पुराना साथीभाइसँग भेटघाट हुन सक्छ। मिहिनेतले कीर्ति राख्ने अवसर प्रदान गर्नेछ।
मिथुन
सकारात्मक परिणामले उत्साह जगाउनेछ। व्यावसायिक काममा राम्रो फाइदा हुनेछ। प्रेमको बन्धन कसिनेछ। तर, यात्राको क्रममा रमाइलो परिस्थितिलाई वादविवादले खलबल्याउने देखिन्छ। मंगलबारपछि स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। धनस्थानको रहू भयकाले बलजफ्तीले काम बिग्रन सक्छ।
कर्कट
खर्च लागे पनि दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। सरल जीवनशैलीले अरूलाई प्रभावित बनाउन सकिनेछ। नयाँ काम प्रारम्भ गर्न सकिनेछ। रमाइलो यात्राका बीच महत्त्वपूर्ण भेटघाट हुने सम्भावना छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। सप्ताहान्ततिर आकस्मिक खर्च बढ्न सक्छ। काम बिग्रने भयले सताउनेछ। परिबन्धले स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ। मिहिनेत गर्दा नियमित काम भने सम्पादन हुनेछन्।
सिंह
अध्ययनमा समय दिन नसकिए पनि सीप र कलामा निखारता आउनेछ। पहिलेदेखि रोकिएको काम बन्नेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। व्यापारमा फाइदा हुनुका साथै मनग्गे धनलाभ हुनेछ। केही खर्च लागे पनि व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। नयाँ मित्रहरू फेला पर्नेछन्। प्रेमको बन्धन पनि कसिनेछ। सप्ताहान्तमा वादविवादले समस्या निम्त्याउन सक्छ।
कन्या
सद्विचारले प्रेरित हुनेहरूलाई परिस्थिति अनुकूलै रहनेछ। अध्ययनमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेतले उपलब्धि दिलाउन सक्छ। रोकिएका काम बन्नेछन् र नयाँ काम प्रारम्भ गर्न सकिनेछ। आँट गर्दा ठूलै काम सम्पादन हुन सक्छ।साइनो गाँस्नेहरूबाट अलि सजग रहनुपर्ने देखिन्छ।
तुला
दिगो फाइदा हुने काम शुभारम्भ हुन सक्छ। पुरुषार्थ देखाएर दाम समाउने अवसर प्राप्त हुनेछ। मंगलबारदेखि पारिवारिक समस्याले सताउन सक्छ। काममा अवसरवादीहरूबाट सजग रहनुपर्ला। शुभचिन्तकहरू टाढा हुनाले दु:ख पाइनेछ। अध्ययन र स्वास्थ्यको चिन्ताले सताउन सक्छ। केही काम रोकिए पनि व्यापार र उद्योगमा फाइदा हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
वृश्चिक
काम दोहोर्याउनुपरे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आर्थिक रूपमा मनग्गे फाइदा हुनेछ। जुझारू कार्यशैलीले विशेष अवसर दिलाउनेछ भने पुरुषार्थ देखाएरै लाभ हातपार्न सकिनेछ। सहयोगीहरूले साथ दिनेछन्। आफन्तको सहयोगले फाइदा दिलाउनेछ। परिवारमा आमाको माध्यमबाट विशेष काम सम्पादन हुन सक्छ।
धनु
शुभचिन्तकहरूको सहयोग जुट्नाले चिताएको काम सम्पादन हुनेछ। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्नेछ। साथीभाइको सहयोग जुट्नाले प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिनेछ। प्रभावशाली व्यक्तिलाई समेत प्रतिस्पर्धामा हराउन सकिनेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ।
मकर
प्रारम्भमा केही खर्च लाग्ने काम हुन सक्छ पनि प्रतिष्ठत काम गर्ने अवसर प्राप्त हुनेछ। अभावका बाबजुद पछिका लागि खर्च गर्नुपर्ला। तापनि मंगलबारदेखि स्थिति अनुकूल हुनुका साथै स्थितिमा सुधार आउनेछ। लगनशीलताले दाम, नाम र इनाम दिलाउन सक्छ। अभिव्यक्ति कलामा निखारता आउनेछ भने प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। पुराना साथीभाइसँग भेटघाट गर्ने मौका जुट्नेछ। चल-अचल धन हातलागी हुनेछ।
कुम्भ
सुरुमा आयआर्जन राम्रो हुनेछ। व्यापारमा लाभांश बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। सहयोगीहरू फेला पर्नेछन्। तर सोखले रकम खर्च गर्नुपर्ने स्थिति निम्त्याउनेछ। मंगलबारपछि केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। फजुल खर्चका बीच कामको बोझ बढ्न सक्छ। आफन्तहरू टाढा हुनेछन्। तापनि मिहिनेतले विभिन्न अवसर दिलाउनेछ।
मीन
प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेत गर्दा राम्रै अवसर पाइनेछ। तर आम्दानीका साथै कामको दायित्व पनि बढ्न सक्छ। मंगलबारदेखि लाभांशको आधा हिस्सा खर्च हुन सक्छ। काम रोकिए पनि दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ। सप्ताहान्तमा चिताएको काम रोकिने सम्भावना छ।



सम्बन्धित
Loading...