नवलपरासीका हरिजन दुबईमा अलपत्र

0

उमेश वि.क.
नवलपरासी, ६ मंसिर ।





नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ६ निवासी रामवध हरिजनको छोरा त्रिभुवन हरिजन एक हप्तादेखि दुबईस्थित रोभा टावरमा अलपत्र परेका छन् ।
एसी कम्पनीमा काम लगाइदिन्छु भनेर कात्तिक ३० गते शुक्रबार उनलाई डुवाई पठाएको थियो । रामग्राम नगरपालिका ९ पिपरहियाको एजेन्ट भक्सरी कहारलाई १ लाख ५० हजार दिएर बि बि लामा ओभरसियर प्रा.लि. काठमाडौंबाट उनी दुबई गएका हुन् ।
नेपालमा आफ्नै फोटो स्टुडियो उजैनिमा खोली महिनाको १५(२० हजार कमाउदै आएका डाक्टर हरिजन आफ्नो परिवार धानी राखेका थिए । आर्थिक अवस्था कमजोर भएको कारण बिदेश गएर घरको आर्थिक अवस्था सुधार्ने सोचले ऋण लिइ बिदेश गएको हरिजन अहिले दुवईमा विचल्लीमा परेका छन् ।
१ हप्तादेखि नेपाली साथीहरुको रुममा अलपत्र परेको उनका आफन्तले सुनाए । एजेन्टलाई फोन गर्दा फोन नउठाउने र फोन नलाग्ने समस्या भएकोले आज इमोमा फोन गर्दै रुदै उनले आफ्नो वेदना पोखेका थिए ।
घरका ब्यक्तिहरुसंग दुबईमा एसि कम्पनीमा काम गर्छु भनेर गएका हरिजन अहिले काम र कम्पनीको जिम्मेवार ब्यक्तिहरुको अतोपतो नहुदा त्यहाँ अलपत्र परी रोजगारबिहीन भएका छन् । पासपोर्ट जपतगरी कम्पनीका जिम्मेवार ब्यक्ति गायव भएको र अहिले वास्ता नगरेको उनले सुनाए । साथीको बसेको छु कति दिन यसरी बस्ने हो उनले सुनाए ।




सम्बन्धित
Loading...