दुई उद्योगमा आगलागी, करिब ६५ लाखको क्षती

0 36







शम्सेरविक्रम जिसी

प्युठान,६ मंसिर ।

प्युठान नगरपालिका–७ पुण्यखोला स्थित सुप्रिया सिरक डसना र मिल उद्योगमा विद्युत सर्ट भई आगलागी भएको छ । विहिवार दिउसो २ बजेतिर उद्योगमा आगलागी भएको हो ।

आगलागी हुदाँ करिब ६५ लाख बराबरको क्षती भएको उद्योगका सञ्चालक प्रदिप केसीले जानकारि दिनुभयो । आगोलागी हुदा उद्योगमा निमार्ण गरिएका सिरक डसना, सिरक डसना बनाउन आवश्यक पर्ने कच्चा पदार्थ, निमार्ण गर्ने मेसिन, मिल नष्ट भएको प्रहरीले जानकारि दएको छ ।

आगोलागीवाट घरको २० मुरी धान संगै स्थानीयले कुटाउन लिएको ५ मुरी धान, मकै, गहुँ जलेर नष्ट भएको उद्योग सञ्चालक केसीले जानकारी दिनुभयो । उद्योगमा लागेको आगो स्थानिय, शसस्त्र प्रहरी र नेपाली सेनाको सक्रियतामा नियन्त्रणमा लिएको थियो । केसीले विगत ३ वर्ष अघि देखि विजुवार पुण्यखोलामा उद्योग सञ्चालन गर्दै आउनु भएको थियो ।

आगोलागी भएको समयमा दमकल तयारि नहुदा ठुलो क्ष्यती भएको स्थानीयले जानकारि दिएका छन् । २ बजे लागेको आगो १ घण्टापछि मात्र नियन्त्रणमा आएको थियो । आगलागी भएको स्थान नजिकै शसस्त्र क्याम्पमा भएको दमकल घटनास्थल पुग्न ढिला गरेकोले आगोलागीले ठु्लोरुप लिएको स्थानिय ईन्द्र बहादुर घर्तिल जानकारि दिनुभयो ।

आगो लागीका वारेमा दमकललाई सुरुमै जानकारि गराएपनि आधा घण्टापछिमात्रै दमकल घट्ना स्थलमा पुगेको थियो । दमकल पानीविना राखेकोले घटनास्थलमा पुग्न ढिलाई भएको स्थानीयले आरोप लगाएका छन् ।

You might also like
Loading...