मेला हेरि फर्कदै गरेकाे बस दुर्घटना ग्रस्त, २५ जनाकाे मृत्युु (ब्रेकिङ्ग न्यूज)

0

धनन्जय अवस्थी
कञ्चनपुर ६ मंसिर।




मेला हेरि फर्कदै गरेकाे स्कूले बस डडेलधुरामा दुर्घटना ग्रस्त हुँदा कम्तिमा २५ जनाकाे निधन भएकाे छ ।




विहीबार साँझ उग्रतारा मेला हेरी घर फर्किने यात्रुहरुलाई डडेलधुराबाट डोटी पुर्याउन छुटेको पिस जाेन बोडिङ्ग स्कूलको से १ क २९३ बस डडेलधुराको स्याउले नजिक रडुवाखोलामा दुर्घटना भएको छ।

मेला हेरि घर फर्किने यात्रुलाई डडेलधुराबाट डोटी पुर्याउन छुटेको प्रहरी जनाएको छ ।

बसमा क्षमता भन्दा बढी यात्रु भएका कारणले दुर्घटना भएको हुन सक्ने प्रहरी जनाएको छ ।
बसमा ५५ जना भन्दा बढी सवार रहेकाेे उक्तबस बढ भारकाे कारण दुर््घटना भएकाे प्रहरीकाे अनुमान छ ।

दुर्घटनामा परी २५ जनाएको ज्यान गएको छ भने घाइते हुनेको संख्या २५ जनाभन्दा बढी रहेकाे प्रहरीले जनाएकाे छ । उद्धार कार्य जारी रहेको मृत्यु हुनेको संख्या थप हुन सक्ने प्रहरीले जनाएकाे छ ।

मृत्यु हुनेमा अधिकांश डोटी जिल्लाका रहेका छन मृत्यु भएकाहरुको पहिचान हुन बाकि रहेको छ । उद्धार कार्यमा प्रहरी सशस्त्र प्रहरी नेपाली सेना रहेको छन। उद्धार कार्य सकिए पछि मृत्यु भएकाहरुको पहिचान हुने प्रहरी जनाएको छ । घाइते उपचार का लागि क्षेत्रीय अस्पताल डडेलधुरा लगिएको छ।




सम्बन्धित
Loading...