सुनसरीमा मंगोल भुपु सैनिक संघ गठन

0

अडिल खम्बू/जगत ठाडा मंगोल
सुनसरी/




सुनसरीको धरानमा मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङको भूपू मंगोल सैनिक संघ जिल्ला सभा सुनसरी गठन भएको छ ।




ब्रिटिश रिटायर्ड गोपाल दुखुनको अध्यक्षतामा मंगोल भुपु सैनिक संघ गठन गरिएको हो । सचिव नयन्द्र कुमार राई ,कोषाध्यक्ष मणि कुमार राई , सदस्यहरुमा अो बी मादेन, रत्न बहादुर राई ,शेर बहादुर राई , मेख बहादुर लिम्बु , कुमार राई , प्रेम बहादुर राई, रणदीप राई लगायत दश सदस्यीय सुनसरी जिल्ला सैनिक सभा गठन भएको छ ।

डा.गोपाल गुरुङको भातृ संगठन विस्तारको क्रममा लाहुरे जागिर बाट निबृत्त भएका भूपू मूलवासी मंगोल सैनिकहरुलाई आबद्ध गराउँदै भूपू मंगोल सैनिक सभा गठन गरिएको भूपू सैनिक संघका केन्द्रीय संयोजक बल बहादुर दुमी राईले जानकारी दिएको छ ।

अायोजित भेलाबाट सांगठनिक प्रशिक्षण पश्चात सैनिक सभा गठन भएको हो । भेलालाई संबोधन गर्दै MNO डा.गोपाल गुरुङका केन्द्रीय कोषाध्यक्ष दिनेश बान्तवाले संगठनको नीति तथा सैध्दान्तिक पक्षको विषयमा प्रशिक्षण गराउनु भएको थियो । कार्यक्रममा मंगोल विधार्थी संघका केन्द्रीय संयोजक अडिल खम्बू ,जिल्ला नारी सभाका अध्यक्ष अमृता राई , मंगोल युवा संघका केन्द्रीय संयोजक अमित याक्खा राई , जिल्ला सभाका अध्यक्ष काजीराम राई ,सचिव जय आले मगर तथा नगर अध्यक्ष लोक बहादुर राई लगायत अन्य सभाका पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा नव गठित सैनिक सभालाई सम्वोधन गर्दै केन्द्रीय संयोजक बलबहादुर दुमिबाट सफल कार्यकालको बधाई तथा शुभकामना सहित ब्यक्त गर्नु भएको थियो । नव गठित सैनिक सभाका अध्यक्ष गोपाल दुखुनले प्रतिबध्दता मन्तब्य राख्दै संगठनले दिएको जिम्मेवारी र निर्देशनलाई पालन गरि मंगोल भुपु सैनिक संघ सुनसरीमा नगर सभा र वडा सभा पनि गठन गर्ने प्रतिबद्धता गर्नु भएको थियो ।

कार्यक्रम भूपू मंगोल सैनिक संघ केन्द्रीय सभाको अायोजनामा किरात राई यायोक्खाको यलम्बर संग्रहालय धरानमा भएको थियो । कार्यक्रम संचालन प्रेम कुमार गुरुङले गर्नु भएको थियो ।




सम्बन्धित
Loading...