नवलपुर अाएका गायिका ज्याेति मगरलाई अायाेजकले गर्याे दुव्यवहार

0 64







मंगलबार नवलपुरकाे एक कार्यक्रममा अाएकी चर्चित गायिका ज्याेति मगर माथि अायाेजकले नै दुर्व्यवहार गरेका छन् ।

मंगलबार राति नवलपुरको एक कार्यक्रममा सहभागी भई बस्नका लागि रोयल सेन्चुरी होटलमा आउने क्रममा उनीमाथि आयोजकमध्येका एक युवाले अश्लिल र आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै कलाकार मगरले राति नै प्रहरीमा मौखिक उजुरी गरेकी थिइन् ।

मगरमाथि भएको दुव्र्यबहारका बारेमा बिहीबार जिल्ला प्रहरी कार्यालय चितवनमा छलफल भएको थियो ।

छलफलका क्रममा अपशब्द बोलेको आरोप लागेका युवाले आरोप स्वीकार गरेको र माफी मागेपछि मगरकै सहमतिमा छाडिएको चितवन प्रहरी नाउव उपरीक्षक दुर्गा रेग्मीले बताए ।

You might also like
Loading...