बसले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु, ठक्कर दिने बस चालक फरार

0

शोभा जिसी
नवलपरासी, ८ मंसिर ।




पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १३ मुकुन्दपुरमा शनिबार विहान कर्णाली यातायातको पश्चिमबाट पूर्व जांदै गरेको ना ५ ख ३९८७ नम्बरको बसले पूर्वबाट पश्चिम ना ५६ प ३८५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय गैडाकोटका सूचना अधिकृत प्रहरी सहायक निरिक्षक जोतन्द्र भण्डारीका अनुसार ठक्करबाट चालक गैडाकोट नगरपालिका १३ निवासी २० बर्षीय अनिल पौडेल र मोटरसाइकलमा सवार गैडाकोट १ निवासी १९ बर्षीय कृष्ण सापकोटाको मृत्यु भएको हो ।
दुर्घटनामा परि घाइते भएका चालक पौडेलको अस्पताल लैजाने क्रममा बाटोमा नै र मोटरसाइकलमा सवार सापकोटाको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।
बस चालक फरार रहेको र बस प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।




सम्बन्धित
Loading...