रक्सी खाएर विद्यालय जाने प्रधानाध्यापक बर्खास्त

0 49







रामकुमार श्रेष्ठ

नवलपरासी, ८ मंसिर ।

पूर्वी नवलपरासीको बुलि·टारको बालमन्दिर प्रथामिक विद्यालयका प्रधानाध्यापक निरोज बस्ताकोटी रक्सी खाएर विद्यालय गएका कारण बर्खास्त भएका छन् ।

उनलाई प्रधानाध्यापकबाट बर्खास्त गरेको शिक्षा विकास तथा समन्वय ईकाई नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ ।

उनले पदीय आचरण विपरित कार्य गरेको र उनीसंग स्पष्टिकरण लिँदा चित्तबुझ्दो जवाफ नआएको कारण वर्खास्त गरेको शिक्षा विकास तथा समन्वय इकाई नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख कृष्ण चन्द्र पोख्रेलले बताए ।

उनले विद्यालयको छात्रवृत्ति रकम दुरुपयोग गरेको, विद्यालयमै मदिरा सेवन गरेर जाने गरेको, शिक्षकको तलब दुरुपयोग गर्ने गरेको जस्ता आरोप लगाइ अभिभावकले विद्यालयमा तालाबन्दी नै गरेका थिए ।

उनले शिक्षकमा रहँदा गरिने पदीय मर्यादा तथा आचरण विपरित कार्य गरेको पाइए शिक्षकबाट पनि वर्खास्त गर्ने कार्यालयले जनाएको छ ।

उनको स्थानमा उक्त विद्यालयका वरिष्ठ शिक्षक दामोदर देवकोटालाई प्रधानाध्यापकको जिम्मेवारी प्रदान गरिएको छ ।

You might also like
Loading...