प्रदेशसभा उम्मेदवार चाैधरीकाे गाेली हानी हत्या (भिडियो सहित)

0



कपिलवस्तु : कपिलवस्तुको शुद्धोधन गाउँपालिका –४, मोतिघारीमा स्थानीय युवा राजाबाबु भनिने दिपेन्द्र कुमार चौधरीको गोली हानी हत्या भएको छ ।

नजिकै घर भएका अर्का व्यक्तिसँग विवाद हुँदा राती झण्डै १० बजेतिर चौधरीमाथि गोली प्रहार भएको हो । टाउकोमा गोली लागेको उहाँको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।




चौधरीको शव अहिले मेडिकल कलेज भैरहवामा राखिएको छ । हत्यामा संलग्नको खोजी भैरहेको प्रहरीले जनाएको छ । उनी प्रदेश सभा सदस्य निर्वाचनमा कपिलबस्तु क्षेत्र नं. १ ‘ख’बाट स्वतन्त्र उम्मेदवार थिए ।

https://www.youtube.com/watch?v=H_ytDFXLJU4&feature=push-u-sub&attr_tag=b9VjGdANbJcr4pOL%3A6



सम्बन्धित
Loading...