लुम्बिनी आदर्श डिग्री कलेज कावासोतिको विद्यार्थी कल्याण मञ्चको अध्यक्षमा मनिष भुषाल चयन

0 73







कावासोती। लुम्बिनी आदर्श डिग्री कलेज कावासोतिको विद्यार्थी कल्याण मञ्चको अध्यक्षमा मनिष भुषाल चयनहुनुभएको छ । निवर्तमान अध्यक्ष सौगात भुषालको अध्यक्षता तथा क्याम्पस प्रमुख बाबुराम राना मगरको प्रमुख आतिथ्यतामा आज बसेको भेलाले मनिष भुषालको अध्यक्षतामा २५ सदस्यीय नया कार्यसमीति सर्व सम्मतरुपले चयन गरेको छ ।
जसको उपाध्यक्षमा वृन्दा खड्का, विशाल पौडेल तथा इमीसरा ठाडा मगर रहनुभएको छ भने सचिवमा स्नेहा न्यौपाने, र कोषाध्यक्षमा शम्भु विक लगाएत २५ सदस्यीय नया कार्य समीति सर्वसम्मत रुपमा चयन भएको निवर्तमान अध्यक्ष सौगात भुषालले जानकारी दिनुभएको छ।
नवनिर्वाचित अध्यक्ष मनिष भुषालले विद्यार्थीको हक हितको लागी आफु लागीपर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

You might also like
Loading...