नवलपरासीको सिमानाकाबाट अबैद्ध कार्य नियन्त्रणमा लिन आफुहरु कुनै कसर बाकी नछोडेको सिमा प्रहरीको भनाई,

5 55







केही दिन यता नवलपरासीको विभिन्न नाकाबाट अबैद्ध मालसमान ढुवानी कार्य धमाधम भइरहेको पाइएको छ । नवलपरासीको रम्पुरवा, गुठीपरसौनी, भुजहवा, गोपालपुर, मुणेरा लागएतका सिमानाकाहरुबाट अबैध रुपमा कतीपय सामान नेपालबाट भारत तर्फ ढुवानी भइरहेका छन भने कती मालसमान भारतबाट तपाल तर्फ अबैद्ध रुपमा भित्राइरहेको पाइएको छ ।

जिल्लाको सबैजसो सिमानाकाबाट तस्करहरुले रातिको समयमा र कतीपय तस्करहरु दिउसै अबै मालसमानहरु भित्राइरहेको स्थानियबासीहरुले बताएका छन । यसैबीच सिमा प्रहरी चौकी महेशपुरका ईन्सपेक्टर केशवराज ज्ञवलीको नेतृत्व गएको प्रहरी गस्ती टोलीले गस्ती गर्ने क्रममा विशेष सुराकीको आधारमा जिल्लाको रम्पुरवा नाकाबाट अबै मोटरसाइकल सहित कालीमिच बरामद गरेको छ ।

शुक्रबार विहान करिब ६ बजेको समयमा पाल्हीनन्दन वडा नम्बर १ रम्पुरवा नाका हुदै तस्करहरुले ३० हजार बराबरको ४ बोरा काली मिर्च युपी ५३ ए सि १४७६ नम्बरको भारतिय मोटरसाइकलबाट भारत तर्फ लैजादै गरेको अवस्थामा उक्त प्रहरी टोली सो ठाउमा पुग्नु भन्दा पहिले नै तस्करहरु भागेको र बेवारिसे छोडेका उक्त भारतिय नम्बर प्लेटको बाइक र कालिमिर्च गरि ६० हजार बराबरको अबैद्ध समान पसिमा प्रहरीले बरामद गरेको सिमा प्रहरी चौकी महेशपुरका ईन्सपेक्टर केशवराज ज्ञवलीले जानकारी दिनुभएको छ । बरामद गरिएको अबै समान शुक्रबारै विहन ११ बजेको समयमा महेसपुर भन्सार कार्यालयमा बुझाइएको ईन्सपेक्टर ज्ञवलीले जानकरी दिनुभएको छ ।

त्यस्तै, विओपी हरपुरका इन्सपेक्टर राज कुमारी अधिकारीको नेतृत्वमा खटि गएको प्रहरी टोलीले शुक्रबार पाल्हीनन्दन गाउपालिका वडा नम्बर २ मुणराबाट अबैद्ध मालसमान बरामद गरेको छ । त्यस्तै कार्तिक महिनामा मात्रै महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासीले ६० लाख ९० हजार १ सय बराबरको राजश्व संकलन गरेको भसांर प्रमुख प्रेम चन्द्र शर्माले जानकारी दिनुभयो ।

उहाँले तस्करहरु र तस्करीका मालसमानहरुलाई नियन्त्रणमा लिन सिमा प्रहरी लगाएत जिल्ला भरिकै प्रहरीलाई विभिन्न स्थानहरुमा परिचालन गरिएको बताउनुभयो । त्यस्तै सिमानाकाबाट भइरहेको तस्करी कार्यलाई नियन्त्रण गर्न आफुहरुले निरन्तर खटिदै आएको र अहिले सम्ममा कयौँ लाख बराबराके अबैद्ध मालसमान बरामद गर्न र कतिपय तस्करहरुलाई नियन्त्रणमा लिन सफल भएको समा प्रहरी चौकी महेशपुरका ईन्सपेक्टर केशवराज ज्ञवलीले जानकारी दिनुभउको छ ।

तस्करहरु विशेष गरि जिल्लाको विभिन्न नााकबाट नेपालबाट भारतर्फ अबैद्ध समान छिराई भारतको ठुठीबारी, गणौरा, लक्ष्मीपुर, बरगदवा लगाएत महाराजगन्ज जिल्ला बाहिर पनि समान पुर्याउदै गरेको र भारतबाट अबैद्ध रुपमा नेपालमा माल समान भित्राइ जिल्लाको परासी, बर्दघाट, सनवल, नवलपर, नारायणघाट, रुपन्देशी हुदै बुटवल, पाल्पा, लागएत नेपालको विभिन्न क्षेत्रमा पुर्याउने गरेको विओपी हरपुरका इन्सपेक्टर राज कुमारी अधिकारीले जानकरी दिनुभएको छ ।

You might also like
Loading...