साना किसान सहकारीमा नया नेतृत्व

0

त्रिवेणी । साना किसान कृषी सहकारी संस्था लिमिटेड विनयी त्रिबेणी ७ नवलपरासीको २२ आंै साधारण सभा तथा आठौं अधिवेशन नयाँ नेतृत्व चयन शुक्रबार विनयी त्रिबेणीको लक्ष्मीपुरमा सकिएको छ ।




सस्थाका अध्यक्ष दिपक कुंवरको अध्यक्षतामा भएको अधिवेशनका केन्द्रिय सहाकरी संघका सञ्चालक सदस्य नरबहादुर घर्ती मगरले उद्घाटन गरेका थिए ।

कार्यक्रममा जिल्ला सहकारी कृषी संघका अध्यष उपेन्द्रमान प्रधान, सेयर सदस्य बुद्धिसागर उपाध्याय, तारा देवी पौडेल, प्रकाश कुंवर रन्नता काफ्ले, विरेन्द्र महत, संगालो साना किसान कृषी सहकारी सस्थाका अध्यक्ष धन बहादुर गुरुङ लागयतले सहकारी गतिविधिमाथि प्रकास पारेका थिए ।




कार्यक्रममा अध्यष कुंवरले अध्यक्षको प्रतिवेदन, लेखा समयोजक अदम बहादुर थापाले लेखा समितिको प्रतिवेदन र पशुविमा समितिका समयोजक श्री प्रसाद उपाध्यायले विमा सम्बन्धी प्रतिबेदन प्रस्तुत गरेका थिए । सस्थाकी प्रबन्धक सरिता शर्माले आर्थिक २०७४÷०७५ को आयव्यय प्र्रस्तुत गरेका थिए । अधिवेशनले १७ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।




सम्बन्धित
Loading...