नवलपुर जिल्लाको जिल्ला सभा तथा बार्षिक समीक्षा कावासोतीमा

0

होमराज रानाभाट




कावासोती मंसीर ८ गते । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद डा. शशांक कोइरालाले नीति निर्माण गर्दा शक्ति र कम्जोरी दुबैको निक्र्योल गरि अघि बढेमा मुलकको बिकास असम्भब नरहेको बताउनुभएको छ । नीति निर्माण शाक्ति पृथककिरणको सिद्धान्तलाई आत्मासाथ गर्नु पर्नेमा कोइरालाले जोड दिनुभएको छ ।


नवलपरासी बर्दघाट सुस्ता पुर्ब जिल्ला समन्बय समितिको आर्थिक बर्ष २०७५।०७६ को जिल्ला सभा तथा आर्थिक बर्ष २०७४।०७५ को बार्षिक समिक्षा कार्यक्रमको आज कावासोतीमा उद्दघाटन गर्दै काग्रेंस महामन्त्री डा.कोइरालाले सो बिचार ब्यक्त गर्नुभएको हो । उहाँले नेपालमा १७ लाख हेक्टर क्षेत्रफल खेती योग्य जमीन रहेको र त्यसले नौ करोड जनतालाई ख्वाउन सक्ने क्षमता रहे पनि हामी निर्भरतामा बाँच्न बाध्य हुनु परेकाले अब बिकास सबै मिलेर गर्नु पर्नेमा जोड दिनुभयो ।

उहाँले नवलपुरमा जिल्ला अस्पतालको खाँचो रहेको ,अन्तराष्टिय खेलकुद मैदान,निर्माणमा सबैले मिलेर अघि बढेमा बिकासशील मुलुकको दर्जामा नेपाल पुग्न सक्ने बताउनुभयो । ६० प्रतिशत ४० बर्षका युवाहरु हम्रो देशमा रहेका बताउँदै महामन्त्री डा.कोइरालाले ती युवालाई समेटेर अघि बढन ढिला गर्न नहुने स्पष्ट पार्नुभयो ।

डा.कोइरालाले राष्ट निर्माणमा बिदेशिएका ५५ लाख नेपाली युवाहरुलाई स्वदेशमा भित्रयाउन सकियो भने र उनीहरको सिपलाई राज्यले सम्बोधन गर्न सक्नु पर्ने र मात्र मुलुक अघि बढने बताउनुभयो । बिकासमा अब राजनिित होइृन सबै मिलेर देशलाई अघि बढाऔं यसैमा सबैको भलाई हुने र तछाँड मछाड र तेरो र मेरो भन्ने प्रबृति त्यागन कोइरालाले आग्रह गर्नुभयो ।

जिल्ला समन्बय समितिका प्रमुख चेसराम आले मगरको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाली काग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृण्णचन्द्र नेपाली,प्रदेश सांसद बिण्णु लामिछाने ,पुर्ब सांसद महेन्द्र ध्वज जीसी लगायतका बक्ताले बिकासमा राजनीति हाबी हुन नहुने भन्दै सबै मिलेर देशको बिकासमा योगदान दिनुपर्नेमा जोड दिनुभएको थियो ।




सम्बन्धित
Loading...