बुटवलमा मंगोलवाद प्रशिक्षण साथै भातृ संगठनहरु गठन

0

बुटवल । मंगोल नेशनल अर्गनाइजेशन-डा गोपाल गुरुङको आज रुपन्देही बुटवलको मणिग्राममा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त प्रशिक्षण कार्यक्रम पस्चात रुपन्देही नारी, युवा, मजदुर , भुपु सैनिक संगठन गठन भएको छ ।




कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय संयोजक बिरलाल राई अतिथिहरु मुलसचिव नर ब दर्लामी मगर (बर्णवास) सचीव लोक तामाङ अनुशासन बिभाग प्रमुख शक्ति चाम्लिङ राई, प्रबक्ता तुलबिर दर्लामी केन्द्रिय मजदुर अध्यक्ष कान्छा राई, केन्द्रिय भुपु सैनिक अध्यक्ष बल ब दुमि केन्द्रिय सदस्य बिमला पुन मगर, फजिल मंसहरु, देबेन्द्र धोज , नरेन्द्र थुलुङ, संकर सुनार,गोबिन्द राना प्रवास सभा मलेसिया अध्यक्ष GB गुरुङ ,प्रवास सभा कुबेत सचिव जोङ मेह बाङ, सुनसरी जिल्ला सचीव जय आले रहनु भएको थियो ।

प्रमुख अतिथि केन्द्रिय संगठनका संयोजक बिरलाल राई ज्युंले नेपालमा मुलबासी मंगोलहरुको हक अधिकारको लागी लड्ने संगठन MNO-Dr.Gopal Gurung मात्र रहेको हुदा खस आर्यले यो संगठन कमजोर बनाउन लागी परेको हुँदा मुलबासी मंगोल जनतालाई एक जुट भएर अगाडि बढ्न आह्वान गर्नुभएको थियो ।


साथै अर्का अतिथि मुलसचिव नर ब दर्लामी मगर ( बर्णवास) ले नव निर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिदै निदर भएर अगाडि बढ्न आह्वान गर्नु भएको थियो । अतिथिहरुले आ-आफ्नो मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको सभा अध्यक्ष केन्द्रिय सदस्य जय सारुले गर्नुभएको थियो भने कार्यक्रम संचालन पाल्पा जिल्ला सचीव प्रकाश पल्ली मगरले गर्नु भएको थियो ।




सम्बन्धित
Loading...