कर्जा मिनाहा गरी क्रिया खर्च
मीना कंडेल
नवलपुर । नेष्डो सुचना विभाग, राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालले आफ्ना दुई सदस्यको मुत्यूमा छुट्टाछुट्टै श्रद्धान्जली सभा आयोजना गरी २ लाख १९ हजार ४३० रुपैयाँ कर्जा मिनाहा गरेको छ ।
संस्थाको कावासोती शाखा अन्र्तगत कावासोती नगरपालिका वडा नं. १४ अग्यौली स्थित गुम्वा व्यवसायिक महिला स्वावलम्वन केन्द, केन्द्र नं. ४३ का सदस्य अनिशा चौधरीको सर्पले डसेर २८ वर्षको उमेरमा निधन भएकोमा उहाँले संस्थालाई तिर्नुपर्ने कुल कर्जा १ लाख ३० हजार ४९२ रुपैयाँ कर्जा मिनाहा गरी नीजले संस्थामा वचत गरेको रकम ३४ हजार ४०० र क्रिया खर्च वापत २ हजार ८०० गरी कुल ३७ हजार २०० रुपैयाँ नीजको हकवाला श्रीमान अम्वर वहादुर चौधरीलाई हस्तान्तरण गरियो ।
यसै गरी संस्थाको वर्दघाट शाखा अन्र्तगत वर्दघाट नगरपालिका, वडा नंं. ४ स्थित दाउन्ने महिला व्यवसायिक केन्द्र, केन्द्र नंं ५ का प्रमुख देवी सेन ठकुरीको ६१ वर्षको उमेरमा निधन भएकोमा नीजले संस्थालाई तिर्नुपर्ने ८८ हजार ९३८ रुपैयाँ कर्जा मिनाहा गरी वचत वापत संकलित ३४ हजार ७५२ रुपैयाँ र क्रिया खर्च वापत ३ हजार ५५० रुपैयाँ गरी ३८ हजार ३०२ नीजको हकवाला श्रीमान अर्जुन सेन ठकुरीलाई हस्तान्तरण गरियो ।
दुवै कार्यक्रममा कर्जा मिनाहा तथा सुविधा वितरण गर्दै नेष्डो नेपालका कार्यकारी प्रमुख विश्व प्रकाश प्रसाईले नेष्डो नेपाले नियमित वचत तथा कर्जा सुविधाको अलवा सदस्यको परिवारमा जन्म देखि मृत्यूसम्मका हरेक सुख दुखमा साथ दिंदै आएको वताउनु भयो । लघुवित्त सेवा वित्तीय कारोवार मात्र नभै सामाजिक सेवा समेत भएकाले महिला सदस्यको आत्मा सम्मान र सामाजिक प्रतिष्ठा अभिवृद्धिका लागि यस किसिमका सामाजिक गतिविधीले टेवा पुग्ने वताउनु भयो ।
कार्यक्रममा संस्थाका प्रशासन तथा वित्त प्रमुख सावित्री खत्री क्षेत्री, लघुवित्त सेवा विभागका प्रमुख विश्ववन्धु प्रसाई, मानव शंसाधन प्रमुख लक्ष्मी कुमारी मेधासी, वरिष्ठ अधिकृत नारायण प्रसाई, महिला सदस्य गौमायाँ गिरी लगायतले शोक मन्तव्य राख्नु भएको थियो । संस्थाको कावासोती शाखामा आयोजित श्रद्धान्जली सभाको अध्यक्षता शाखा प्रवन्धक रामचन्द्र गौतमले, वर्दघाट शाखामा आयोजित सभाको अध्यक्षता प्रवन्धक मन्जु वि.क.ले र दुवै कार्यक्रमको सञ्चालन मानव शंसाधन अधिकृत इश्वरी प्रसाद शर्माले गर्नु भएको थियो ।