भौतिक अस्तित्वमा छ त ब्ल्याकहोल ?


ब्ल्याकहोल अध्याँरो गुरुत्वको केन्द्र हो । यो आफंैमा गुरुत्व बल हो । यो यति सघन भएर कसिएको हुन्छ कि यसमा अथाह गुरुत्वाकर्षण रहेको हुन्छ । ब्ल्याक होल आफंैमा भयंकर ठूलो स्पेसमा फैलिएको पनि हुन्छ । यसलाई अहिलेसम्म आकाशमा वा अन्तरिक्षमा हुने गरेको मानिएको छ । करोडौं तारा रहेको तारापुञ्ज नजिकमा ब्ल्याकहोल हुने गरेको अन्तरिक्ष वैज्ञानिकको भनाइ छ ।




अन्तरिक्षमा रहेका जस्ता ब्ल्याकहोल पृथ्वीमा रहने गरेका वा रहेका देखिएका त छैनन् । तर, कहिलेकाहीँ रहस्यमय रूपमा जहाजहरू हराएका कथा र परिकल्पनाहरू सुनिने गरिएका छन् । पृथ्वी पनि आफंैमा भौतिक वस्तु भएकाले यसमा पनि ब्ल्याकहोलका ती भौतिक गतिविधि भने देखिने गरिरहेका हुन्छन् तर मात्र सांकेतिक र क्षणिक रूपमा । ती भनेका महासमुद्रमा सुनामी आउँदाका बखत पानीको छालको उचाइ र गतिअनुसार बन्ने र देखिने ब्ल्याकहोलहरू तथा समुद्र पानीमाथि, मरुभूमि र हजारौं किलोमिटरसम्मका समथर ठूला मैदानमा घण्टौं चल्ने आँधीहुरीभित्र बन्ने र देखिने ब्ल्याकहोलका संकेत हुन् ।

समुद्री तटमा रहेका सहरमा कहिलेकाहीँ ठूलाठूला माछा घाम लागेका बेलामा आकाशबाट वर्षा भएझैं खस्ने वा वर्षने गर्दछन् । समुद्रमा पहाड वा हिमालजस्ता ठोस अवरोधकको उपस्थिति नहुने भएकाले बिनारोकतोक आँधीहुरी बहने भएकाले कहिलेकाहीँ समुद्रको पिँधसम्मको पानी नै भयंकर हुरीको भुमरीले उठाएर र सोहरेर आकाशमा पु¥याउँछ । पिँधको पानीसँगै सार्क, ह््वेल, सिलजस्ता ठूला माछा पनि पानीसँगै आकाशमा पुग्छन् र पृथ्वीमा झर्ने वा बर्सने गर्दछन् । यो आँधीहुरीका कारण बनेको ब्ल्याकहोलले ल्याएको हो ।
पृथ्वीजस्तो सानो आकाशीय पिण्डमा त यसो हुन्छ भने अथाह ठूलो अन्तरिक्षमा रहेका ब्ल्याकहोल कति शक्तिशाली होलान् ?
ब्ल्याकहोल अन्तरिक्षमा रहेका गुरुत्वका केन्द्र हुन् । ती आफंैमा प्रकाशविहीन हुनाले देखिँदैनन् । प्राकृतिक प्रकाश पनि त्यहाँ पुग्न सक्दैन, कृत्रिम प्रकाशको त कुरा नै नगरौं । ब्ल्याकहोलनजिकमा जब पदार्थ वा कुनै पिण्ड पुग्छ, यो निकै गतिवान्, तातो र उज्यालो भई सकिन्छ ।




हामीले अन्तरिक्षमा देख्ने आकाश गंगा, तारा पुञ्ज वा तारामण्डलबीचमा ब्ल्याकहोल हुन सक्ने वैज्ञानिक आशंका गरिरहेका छन् । यसको खोजी त निकै भइरहेको छ । तर, ब्ल्याकहोल आफैंमा कालो र प्रकाशविहीन हुने भएकाले यसलाई देख्नेभन्दा पनि अनुसन्धानात्मक आँखाले ठम्याएको मात्र हो । वैज्ञानिकहरूले यति मात्र भन्न सकेका छन् कि पृथ्वी यस्ता ब्ल्याकहोलको छिमेकी भएर बसेको छैन र यसलाई कसैले पनि तानेर सिध्याउन सक्दैन ।
वैज्ञानिकको तर्क त के पनि रहेको छ भने ताराहरू आफैंमा बनेका र जन्म भएका हुन् । यो ब्रह्माण्डका हरेक कुरा एक अर्कामा रूपान्तरण हुन्छन् । रूपान्तरण भनेको एउटा गुण र स्वरूपमा जन्मनु कुनै कालखण्डपछि अर्को गुण र स्वरूपमा बदलिनु अर्थात् जन्मनु र मर्नु हो । ऊर्जावान र प्रकाशवान् तारा पनि नाशवान् छन् । यिनै ताराहरूको ऊर्जा र प्रकाश सिद्धिएर ब्ल्याकहोल बन्न पुगेको भनी वैज्ञानिकले तर्क गरिरहेका छन् ।

वैज्ञानिकका अनुसार यी ब्ल्याकहोल अन्तरिक्षमा धेरै रहेको अनुमान गरिएको छ । यी कुनै कुनै हाम्रो सूर्यभन्दा लाखौं गुणा ठूला रहेका मानिएको छ भने कुनै कुनै केही टन मात्र पिण्ड भएका पनि मानिएका छन् । कतिपय त ठोस नभई ग्याँसका ब्ल्याकहोल रहेको पनि बताइएको छ ।
ब्ल्याकहोल एक्सरे अन्तरिक्ष यन्त्रहरू प्रयोग गरिएपछि मात्र पछिल्लोपटक पत्ता लागेका तथ्यहरू हुन् । नजिकको उदाहरणमा पछिल्लोपटक एक्सरे अन्तरिक्षको सफल र व्यावहारिक प्रयोग चीनले गरेको छ । यो प्रयोग चन्द्रमामा भर्खरै चीनले पठाएको र पृथ्वीबाट देखिने चन्द्रमाको उज्यालो भागको उल्टोतिर अँध्यारो भागमा गरेको छ । त्यहाँ अहिलेसम्म अमेरिका र रसियाले पनि एउटासम्म यन्त्र पठाउन र अवतरण गराउन सकेका छैनन् । यो शक्तिशाली एक्सरे अन्तरिक्ष यन्त्रका कारणले सम्भव भएको हो ।पृथ्वीको सबैभन्दा नजिकको ब्ल्याकहोल १ हजार ६ सय प्रकाश वर्ष टाढा रहेको अनुमान गरिएको छ । ब्ल्याकहोल आफंैमा एक रहस्यको खोजी हो । तर, यो भौतिक अस्तित्वमा छ ।




सम्बन्धित
Loading...