विप्लव निकट अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष विष्णु राउत सन्धिखर्कबाट प्रकाउ
घनश्याम पाैडेल
अर्घाखाँची, २९ चैत । अखिल क्रान्तिकारी विद्यार्थी संगठन विप्लवका जिल्ला अध्यक्ष विष्णु राउत क्षेत्री प्रकाउ परेका छन् ।
सरकारले विप्लवलाई प्रतिबन्ध लगाएकाे तर उनले सरकारी संघसंस्था तथा विद्यालयहरूमा वृद्धि भएकाे शुल्क खारेज सहित विभिन्न माग राख्दै ध्यानाकर्षण गराएकाे पाईएकाले प्रकाउ गरिएकाे प्रहरी नायव उपरीक्षक नवराज मल्लले टेलिफोनमा जानकारी दिए ।
उनले भने राज्यले प्रतिवन्द्व लगाएकाे छ, विभिन्न ठाउँमा ज्ञापन पत्र बुझाएकाे पाईयाे, उनलाई दिउँसो ३ बजे चुत्रावेशिबाट प्रकाउ गरिएको हाे । क्षेत्री क्रान्तिकारी विद्यार्थी संगठनका अध्यक्ष हुन् । उनी पाणिनि बहुमुखी क्याम्पस प्रथम वर्षमा अध्ययनरत छन् ।