जेसिवीमा आगलागी, पूर्ण ध्वस्त

174












नवलपरासी । बुधबार राति पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ सुनटाँडीमा ना १ क ७०३९ नम्बरको जेसिबी
आगलागीबाट जलेर नष्ट भएको छ ।
इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार विनयी त्रिवेणी २ सुनटाँडीमा सोनु लामा लगायतको संयुक्त रुपमा रहेको विनयी बालुवा प्रसोधन केन्द्रको नाममा रहेको केन्द्रको कम्पाउण्ड भित्रै रहेको जेसिवीमा आगोलागी भएको हो ।
आगलागीबाट जेसीबी पूर्ण रुपमा ध्वस्त भएको प्रहरीले जनाएको छ । आगो किन र कसले लगाइदिएको अझसम्म खुल्न नसकेको र घटना अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी गैडाकोट १० सम्झना चोकमा प्रेमप्रसाद सापकोटाको घर डेरा गरी बस्ने गीता सापकोटाको परालको टौवामा आगलागी भएको छ । आगलागी प्रहरी, दमकल र स्थानीयले नियन्त्रणमा लिएको गैडाकोट प्रहरीले जनाएको छ ।



You might also like
Loading...