कावासोतीमा बालिका बलात्कृत

211












नवलपरासी, १६ बैशाख ।
पूर्वी नवलपरासीको कावासोतीमा एक युवकले १६ बर्षीया बालिकालाई नियमित बलात्कार गरेको स्वीकार गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले बालिका बलात्कारको अभियोगमा कावासोती ११ लौखानी निवासी २६ बर्षीय युवक आशाराम माझीलाई पक्राउ गरेको छ । पक्राउ परेका माझीले प्रहरी समक्ष बालिकालाई नियमित बलात्कार गर्ने गरेको स्वीकार गरेका बयान दिएका छन् ।
विभिन्न प्रलोभनमा पारी कावासोती ११ लौखानी निवासी २६ बर्षीय युवक आशाराम माझीले नियमित बलात्कार गर्ने गरेको प्रहरी समक्ष दिएको वयानमा स्वीकार गरेका हुन् ।
आशाराम माझीले पछिल्लो समय ति बालिकालाई बलात्कार गरेको गाउँलेले देखेपछि प्रहरीमा उजुरी गरेका थिए ।
विवाह भएर श्रीमतीले छाडेर एक्लै बसेको माझीले ति बालिकालाई वैवाहिक प्रलोभन लगायतका विभिन्न खाले प्रलोभन डरधम्की देखाइ बलात्कार गरेको प्रहरीको वयानमा स्वीकार गरेको बालिकाको आफन्तले जनाएका छन् ।
नवलपुर प्रहरीले माझीले आइतबार पक्राउ गरेर अनुसन्धान शुरु गरेको हो । पक्राउ परेको माझीले सोमबार यस्तो बयान दिएका हुन् । बालिकालाई भने मेडिकल चेकअपको लागि पठाएको र मेडिकल रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले बताए ।

बालिकालाई जबरजस्ती गर्न खाेज्ने पक्राउ




You might also like
Loading...