सांसद विनोद चौधरीद्वारा देवचुलीका हुरीपीडितलाई १ सय बण्डल जस्तापाता सहयोग

रामकुमार श्रेष्ठ
नवलपरासी– पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा दुई भन्दा बढी घरको हुरीले छानो उडाए पछि तिनका परिवारलाई सांसद विनोद चौधरीले १ सय बण्डल जस्तापाता सहयोग गर्ने घोषणा गरेका छन् ।
सांसद तथा चौधरी फाउण्डेशनका अध्यक्ष सांसद विनोद चौधरीले विहीबार देवचुली नगरपालिकाको नाममा पत्र लेख्दै सहयोगको घोषणा गरेका हुन् ।
सांसद तथा चौधरी फाउण्डेशनका अध्यक्ष सांसद विनोद चौधरीले आफनो निर्वाचन क्षेत्रमा हुरीबतासले बिपन्नहरुको ब्यापक घर विस्थापित भएको जानकारी पाए लगत्तै त्यहाका घरवार बिहिनलाई सघाउन ब्यक्तीगत तर्फवाट एक सय बण्डल रंगिन जस्तापाता २ दिनभित्र नै उपलब्ध गराउने भएका हुन ।

सांसद चौधरीले हुरी प्रभावित पुर्वी नवलपरासीको देबचुली नगरपालिकालाई बिहिवार पठाएको पत्रमा तत्काल उक्त सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन । बजार मुल्य अनुसार उक्त टिन १० लाख मूल्य भन्दा बढिको हो ।
गत मंगलवार राति डेढ मिनेट आएको हावाहुरीले देबचुली नगरपालिकाको सितावास, रामबास, मुण्डे, बिशालटार र लक्ष्मीपुर क्षेत्रका २ सय भन्दा बढि घर, गोठको छानो उडाएको छ ।
चौधरी उद्योगका महाप्रबन्धक मधु पौडेलले दिएको जानकारी अनुसार दुइदिनभित्र देवचुली नगरपालिकालाई त्यति परिणामको जस्तापाता उपलब्ध गराउने र खास घरबार बिहिनलाई प्राथाकिमतामा राखेर नगरपालिका मार्फत बितरण गरिने ब्यबस्था मिलाइएको जानकारी दिए । चौधरी फाउण्डेशनले नगरपालिकालाई टिन उपलब्ध गराउने नगरपालिकाले वितरण गर्ने भएको हो ।
हुरीले छानो उडाउदा बासबस्न सक्ने अबस्था छैन । हुरीसंगै आएको असिनापानीले खाद्यान्न लत्ताकपडा समेत पुरै भिजेको सिताबासका पिडित आषिश भुर्तेलले जानकारी गराए । उनले बर्षाद र चर्को घाममा हुरीबतासले छानो उडाउदा बिचल्ली भएको सुनाए ।
देवचुली नगरपालिका वडा नम्बर ७ का अध्यक्ष भुपराज पाठकले आफनो एउटै वडामा १९७ घर आंसिक क्षति र २५ भन्दा बढि घर पुरै क्षति भएको जानकारी दिए । पीडित पार्वती भुसालले छानो उडाएका कारण घरका डाडाभाटा र पर्खाल समेत भत्किएकाले अधिकांसले नया घर बनाउन पर्ने अबस्था रहेको र बर्षाद अघि आफुहरुको बिचल्ली भएको सुनाईन ।

ति मध्य बिपन्न अबस्थाका कम्तिमा ३ दर्जन घरधुरी घरबार बिहिन भएका छन् । धरै क्षति भएर बासबस्नै उपाय नै नभएका परिवारलाई प्राथामिकतामा राखेर जस्ता बितरण गर्न देबचुली नगरपालिकालाई आग्रह गरिएको पौडेलले जानकारी दिए ।
देबचुली नगरपालिकाका प्रमुख पूर्र्णकुमार श्रेष्ठले नेपालका उद्योगपति तथा कांग्रेस सांसद विनोद चौधरीले सहयोग गर्ने घोषणाले आफु उत्साहित भएको बताए । मानविय बिपतका बेलामा कांग्रेसका सांसद समेत रहेका बिनोद चौधरीले एक सय बण्डल रंगिन जस्तापाता दिने घोषणाले ठूलो राहत मिलेको बताए ।
उनले घरबार बिहिन र आर्थिक रुपले विपन्न परिवारलाई प्राथामिकतामा राखेर बितरण गर्ने निर्णय गरेको सुनाए ।
चौधरीको व्यक्तिगत सहयोगले अरु दाताहरुपनि उत्साहित भएर सहयोगमा आउन सक्ने भन्दै उनले मानवीय बिपतको बेला सबैलाई आफनो नगरपालिकाका बासिन्दालाई सघाउन आग्रह गरे । मेयर श्रेष्ठले पुर्ण क्षति भएका परिवारलाई प्रतिघर २० हजार र आंसिक क्षति भएकाहरुलाई नगद १० हजार दिने कार्यपालिको बैठकले निर्णय गरेर प्रकृया अघि बढाएको सुनाए ।

आफुुले केन्द्र सरकार र प्रदेश सरकारलाई पनि २ सय भन्दा बढि घर तत्काल निमार्ण गर्न पर्ने भएकाले आपतकालिन सहयोग गर्न आग्रह गरेको जानकारी दिए । प्रत्यक घरको छानो उडाएकोले अधिकांस घर पुर्ननिमार्ण गर्न आबस्यक रहेको उनले जानकारी दिए । घर उडाउदा जस्तापाता अडयाउने डांडाभाटा र भित्तासमेत चर्केकाले स्थानिय बासिन्दा खर्चिलो अबस्थामा पुगेको र घर निमार्ण गर्ने रकम अभाव रहेकाले सरकारले तत्काल कम्तिमा ५ , ५ लाख रकम उपलब्ध गराउन मेयरले माग गरका छन् । राहतमा ढिलाई हुदा वर्षाद शुरु भैसक्ने र घरबास नभएका परिवारहरुले थप कष्ट ब्यहोर्नपर्ने उनले सुनाए ।
आपतकालिन उद्धारका र क्षतिको एकिन बिबरण लिन आफनो नगरपालिकाका प्राबिधिकलाई खटाईएको र सबयोगकालागि बिभिन्न संघसंस्थालाई आग्रह र समन्वयको प्रयास गरिएको उनले सुनाए ।
मंगलवार राति पौने आठ बजे डेढ मिनेट आएको हुरीले देबचुली नगरपालिकाको २ सय घरपरिवारको छानो उडाएको थियो । भोलिपल्ट बुधवार रातिको फेरी आएको हावाहुरी र असिनाले अघिल्लोदिन हल्लाएका घरगोठको छानो फेरी उडाएको देबचुली नगरपालिकाले जनाएको छ ।
हुरी प्रभावित क्षेत्रमा बिहिवार सम्मपनि सरकारले कुनै राहतको घोषण गरेको छैन । हुरी प्रभावित क्षेत्रमा मेयर पुर्णकुमार श्रेष्ठको नेतृत्वमा जनप्रतिनिधि र नगरपालिकाका प्राबिधिक उद्धार क्षतिको अबस्था बुझन स्थलगत निरिक्षणमा खटिएको नगरपालिकाले जनाएको छ ।
प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष खिमानन्द भुसालले हरीले बिद्युत पोलढल्दा खानेपानी टंकिमा पानी आपुर्ति हुन नसक्दा समस्या बढेको जानकारी दिए । बिद्युत आपुर्ति नहुदा ओभरहेड टंकिमा पानी पठाउन नसकीएको र त्यसैको ब्यबस्थापनको काम भैरहेको जानकारीदिए । शुक्रवार सांझसम्म नया पोल राखेर बिद्युत आपुर्तीको ब्यबस्था मिलाइने दावी गरे । देबचुली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णु भुसालले क्षतिको बिबरणको एकिनकालागि खटिएका प्राबिधिकले चाडो भन्दाचाडो पुर्ण बिबरण दिने गरि २४ सै घण्टा खटिएको जानकारीदिए ।
प्रभावित क्षेत्रमा राजनितिक दलका प्रतिनिधि प्रशासन, रेडक्रस, स्थानियसंघ संस्थाका प्रतिनिधिहरु उद्धार र राहतकालागि सकृय भएका छन् ।