हावाहुरिले जनकल्याण माविको कम्पाउन्ड भत्कँदा पांच लाख बराबरको क्षती
जेठ ९ कावासोती । बुधबार बेलुका आएको हावा हुरिले कावासोती १ स्थित जनकल्याण माध्यमिक विद्यालयको कम्पाउन्ड वाल भत्काउंदा करिब पांच लाख रुपैयाँ बराबरको क्षती पुगेको छ ।

हावा हुरिले बिद्यालयको २५ मिटर लामो वाल भत्काएको बिद्यालयका प्रधानाध्यापक यदुनाथ काफ्लेले जानकारी दिनुभयो । करिब तिन मिटर अग्लो वाल २५ मिटर पुर्णतः भत्किएको छ भने बांकी वाल पनि कमजोर बनेका छन । `भत्किएको बाहेकका वाल हल्लिएका छन ।
कुनै पनि बेला ढल्न सक्ने संभावना छ ´ प्रधानाध्यापक काफ्लेले बताउनुभयो । बिद्यालयको आफ्नै स्रोतबाट वालको निर्माण गरिएको थियो । न्युन आय भएका अभिभावकका बिद्यार्थी अध्ययन गर्ने बिद्यालयको आर्थिक अवस्था कमजोर छ ।

आफ्नै स्रोत नहुंदा वालको पुनः निर्माणका लागी दाता खोज्नुपर्ने बाध्यता आइपरेको प्रधानाध्यापक यदुनाथ काफ्लेले बताउनुभयो । बिद्यालयमा हाल करिब चार सय भन्दा बढी बिद्यार्थी अध्ययनरत छन ।