काठमाडौंको ठाउँठाउँमा विप्लवको वम आतंक, विस्फोटमा चारको मृत्यु

विप्लव नेतृत्वको नेकपाले आइतबार साँझ काठमाडौंका विभिन्न स्थानमा वम विस्फोट गराएका छन् । श्रृंखलाबद्ध विस्फोटमा परी मृत्यु हुनेको संख्या चार पुगेको प्रहरीले जनाएको छ ।
विस्फोटमा परी ८ जना घाइते भएको छन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
विप्लव नेतृत्वको नेकपाले आइतबार साँझ काठमाडौंका विभिन्न स्थानमा वम विस्फोट गराएका छन् । श्रृंखलाबद्ध विस्फोटमा परी मृत्यु हुनेको संख्या चार पुगेको प्रहरीले जनाएको छ ।
विस्फोटमा परी ८ जना घाइते भएको छन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । राजधानीमा श्रृखलाबद्ध बम विस्फोट भएको हो।

सुकेधारा, घट्टेकुलो र चन्द्रगिरीमा भएको बम विस्फोटमा चार जनाको मृत्यु भएको छ । घटनामा ८ जना घाइते भएका छन् ।
सुकेघारास्थित एक शैलुनमा र घट्टेकुलोस्थित एक घरको कोठामा बिस्फोट भएको थियो । सुरुमा सिलिण्डर विस्फोट मानिएको दुबै घटनामा प्रतिबन्धित नेकपा विप्लव समूहको संलग्नता भेटिएको छ ।
बम बनाउने क्रममा विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
सुकेधारा विस्फोटमा घाइते भएर ओम अस्पतालमा उपचाररत नेवाः मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र महर्जनले बम बनाउने क्रममा विस्फोट भएको वयान दिएको प्रहरीले जनाएको छ।
बम बनाउने क्रममा विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
सुकेधारा विस्फोटमा घाइते भएर ओम अस्पतालमा उपचाररत नेवाः मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र महर्जनले बम बनाउने क्रममा विस्फोट भएको वयान दिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जनाएका छन्।
सुकेधारा बिस्फोटमा एकजनाको घटनास्थलमै र दुई जनाको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन ।
सुरेन्द्रकाअनुसार सुकेधारामा बम बनाउन उनीसहित ६ जनाको समूह सक्रिय थियो । उनीसँगै हरि खड्का, शिव र लडाकू महावीर थिए भने दुईजना भने नयाँ सदस्य रहेको उनले बताएका छन् ।
त्यही क्रममा विस्फोट भएको थियो । मृतक को–को हुन् भन्ने खुलेको छैन । विस्फोटमा शैलुन सञ्चालक जीवकुमार ठाकुर पनि घाइते भएका छन् ।
सुकेधारामा बिस्फोट भएकै समयमा घट्टेकुलोमा पनि विस्फोट भएको छ । विस्फोटमा प्रज्वल शाहीको मृत्यु भएको छ भने रविन केसी घाइते भएका छन् । खुट्टामा चोट लागेका उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
केसी विप्लव समूहसम्वद्ध विद्यार्थी संगठनको त्रिचन्द्र कलेजका इकाई अध्यक्ष भएको खुलेको छ ।
विप्लव समूहले सोमबार नेपाल बन्द आह्वान गरेको छ । त्यही क्रममा विभिन्न स्थानमा बम राखेर विप्लव समूहले आतंकित बनाएको छ ।
यस्तै चन्द्रगिरी नगरपालिका–३ इँटाभट्टा चोकमा बम विस्फोट भएको छ । प्रेसर कुकर बम बोकेर ल्याउँदै गर्दा भएको विस्फोटमा आकाश लामा घाइते भएका हुन् । अर्का एकको पहिचान खुलेको छैन ।
कोटेश्वर, नरेफाँटबाट ७ जना विप्लव समूहका कार्यकर्तालाई पक्राउ परेका छन् भने लगनखेल, ग्वार्को, सातदोबाटो लगायतका स्थानमा पनि शंकास्पद बस्तु भेटिएको छ ।
गृहमा आकस्मिक बैठक, देशैभरको सुरक्षा कडा पार्न निर्देशन
निरन्तरको विस्फोटको घटनापछि गृहमन्त्री रामबहादुर थापाले सुरक्षा अंगका प्रमुखहरुसहितको अकास्मिक बैठक डाकेका छन् । गृहमन्त्री थापाले श्रृखलाबद्ध विस्फोटका घटना हुन थालेपछि आइतबार साँझ नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बैठकमा डाकेर सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएका हुन् ।
बैठकमा गृहसचिव प्रेमकुमार राई, प्रहरी प्रमुख सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल, अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापासहित काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी सहभागी थिए ।
गृहमन्त्री थापाले छलफलका क्रममा सुरक्षा निकायका प्रमुखसँग आइतबार दिनभर भएको घटनाबारे जानकारी लिएका थिए । त्यसपछि उनले देशैभरका मातहतका कार्यालयलाई सुरक्षा व्यवस्थामा कडाइ गर्न निर्देशन दिएका थिए ।
मसाल जुलुसको तयारी गर्दै गरेका सात जना कार्यकर्ता पक्राउ

मसाल जुलुसको तयारी गर्दै गरेका प्रतिबन्धित नेकपा विप्लव समुहका सात जना कार्यकर्तालाई सशस्त्र प्रहरी बलको विशेष टोलीले आइतबार बेलुका काठमाडौं महानगरपालिका–३२ नरेफाँटबाट पक्राउ गरेको छ ।
उनीहरुले मसाल जुलुसको तयारी गर्दै गरेको खबर प्राप्त भएपछि खटिएको एपीएफ टोलीले उनीहरुको साथबाट मसाल बनाउन प्रयोग गर्न लागेको करिव ४० थान बाँसको भाटाको साथै करिव १ हजार ५ सय थान पर्चा पम्प्लेट तथा ४ वटा प्रेसर कुकर बरामद गरेको छ । त्यसबेला आठ वटा मोबाइल सेट समेत बरामद गरिएको छ ।
पक्राउ पर्नेमा झापा जिल्लाको बुद्धशान्ति घर बताउने आशिष तामाङ भन्ने डम्वर बहादुर तामाङ, सल्यान जिल्ला बागचौर बस्ने २७ वर्षीय चित्रकमल वली, भक्तपुुर मध्यपुर ठिमी बस्ने ३६ वर्षीय राकेश श्रेष्ठ, रोल्पा जिल्ला त्रिवेणी ५ बस्ने ३६ वर्षीय बुद्विलाल पुन तथा घर ठेगाना नबताउने ४१ वर्षीय बुद्धिबहादुर सुनुवार, ५१ वर्षीय तेजराज काफ्ले र ५२ वर्षीय तेजबहादुर मुक्तान छन् ।

यो पनि पढ्नुहोस
जेठ १३ गते विप्लव नेकपाको नेपाल बन्द (विज्ञप्ति सहित)
काठमाडौंको दुई स्थानमा विस्फोट, तीन जनाको मृत्यु