नक्कली चालक खडा गर्ने गैडाकोटका प्रहरी निरीक्षक सहित ७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता
सवारी दुर्घटनाका लाइसेन्स नभएको चालकलाई लुकाएर नक्कली चालक खडा गरी घुस आएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपुरको इलाका प्रहरी कार्यालय गैडाकोटका तत्कालिन प्रहरी निरीक्षक सहित सात जनालाई मुद्दा दायर गरेको छ ।

बैशाख ११ गते राति १० महेन्द्रराजमार्ग स्थित गैडाकोटको विकास चोकमा जिप र मोटरसाइकल ठोक्किदा एक जना महिलाको मृत्यु भएको घटनामा नक्कली चालक खडा गर्ने गैडाकोटका तत्कालीन इन्सेपेक्टर लोक बहादुर जिसी सहित सात जना विरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो।
इलाका प्रहरी कार्यालयका तत्कालीन इन्स्पेक्टर लोकबहादुर जिसी, सई दामोदर भट्टराई , असई देबबहादुर र गैडाकोटका तत्कालीन ट्राफिक प्रहरी इन्चार्ज बलबहादुर ओलीको मिलोमतोमा नक्कली चालक खडा गरेर काम गरेको पुष्टि भएपछि उनीहरु विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरको जनाइएको छ।
दुर्घटनामा नक्कली चालक खडा गरेर १० लाख घुस लिने गैडाकाेट इन्सपेक्टरमाथि अख्तियारको छानबिन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विज्ञप्ति
