स्मृतिको पन्नाबाट २ ****संमरण****

274








कुनै दिन तराइको गल्लिहरुमा बैशाख जेठमा फुलेको गुलमोहरसंग मेरो जवानी दाजेर भन्थ्यो ऊ मौसम अनि तिमी मेरो खुशी । म त्यो मौसम भनिदिएकै कारण त्यो मौसमलाई प्रेम गर्थे । त्यो मौसम चैत बैशाखको खडेरी किन नहोस मलाई बसन्त जति नै प्यारो लाग्थ्यो । म पहिला त्यस्ति थिइन । मलाई पात झरेको मौसमले मलाई निकै निमोठेको हुन्थ्यो । तर बिस्तारै मलाई पात झरेको मौसम पछि हरियो आउछ भन्ने बिश्वास हुन्थ्यो । किन भने उस्ले मलाई गुलमोहोरसंग दाजेको थियो ।




मौसम, हावा पानी सबै उस्को मन पर्ने कुरा । बिस्तारै मैले त्यो स्वीकार्दै गएको थिए । उसको मन पर्ने कुरा , मन नपर्ने कुरा कति खेर मेरो बानी भो मैले मेसो पाउदिन । मैले बाधेको कपाल , मैले लगाएको चस्माको फ्रेम मैले लगाएको चप्पलको रंग , मैले लगाएको कपडा कहिले देखि उस्को रोजाइ हुन पुग्यो । मैले पढ्ने विषय मैले हिड्ने समय , मैले खाने तरिका कहिलेदेखि उस्को रोजाई भो मलाई आभास छैन । लाग्छ उस्को र मेरो भेट जन्मेकै दिनबाट थियो । मेरो अभिन्न सपना पनि त्यतिबेला देखि नै थियो । लाग्थ्यो माया गर्ने मनहरु त हामी भन्दा दोस्रो कोही हुने छैन । भन्थ्यो रोमियो, जुलियट र लैला मज्नु हामी थियौ । जस्को प्रेममा मर्न तयार। त्यस्तै प्रतिमुर्ति हामी भित्र छ त्यो प्रेम। लाग्थ्यो यो जति माया त कसैले गर्दैन। मलाई उसले माया नै मायाको अपार नदिमा डुबाएको अभास मेरो रोमरोममा थियो । हो त्यो प्रेमकै कहानी मैले गाउदै हिडें। बताउदै हिडे । हामी हाम्रा बाध्यताको दिनहरुमा प्रेमको अमिट सम्झौताहरुमा बाधिएका थियौं। त्यो आभासले म एक्लै मुस्कुराउथें।


मेरो कुरा सुनेर बिनिता, सीता, अनुम र केही मान्छेहरु पागल भन्छन्। हो म छुँ पागल । आकासमा जव पानी पर्छ मैले सधै उस्को आंखा सँम्म लत्रिएको केश हातले माथितिर फकाएर साथै चस्मा मिलाएको यादले मुसुक्क एक्लै हाँस्छु। कोही मान्छे भन्छन म निकै माया गर्छु उस्लाई र कोही मान्छे भन्छन मेरो यो पागलपन हो। मलाई मुस्कुराउन मन लाग्छ उस्को हर्कत सम्झेर । र भन्न मन लाग्छ – ‘फुलैफुलको मौसम तिमीलाई तारा जुनको रमझम तिमीलाई , मेरो माया हरदम तिमीलाई ।’ तारादेवीको स्वरमा रहेको यो गीत मेरो माया हरदम तिमीलाई यो गीत मलाई हेरेर गाएको आभास हुन्छ ।
किन यस्तो हुन्छ ? किन मन यति भारी भएको छ । म हल्का महशुस गर्थे आवाजहरुमा र आभासहरुमा ।

स्मृतिको पन्नाबाट १ ****संमरण****



You might also like
Loading...