अरुणखोलामा अझै पानीको सतह घटेन, आज यातायात सञ्चालनमा आउने सम्भावना न्यून

210








शोभा जिसी
नवलपरासी, २ भदौ ।


पूर्व पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको अरुणखोलामा अझै पानीको सतह घट्न नसक्दा यातायात सञ्चालनमा आउन सकेको छैन । आइतबार साँझ ५ बजेतिरबाट यातायात ठप्प रहेको छ ।





जसका कारण सर्यौं यात्रुहरु बीच बाटोमा नै अलपत्र परेका छन् । अरुणखोला प्रहरी चौकीका इन्चार्ज जनक बुढा मगरका अनुसार खोलामा पानीको वहाव नघटेको कारण भत्किएको डाइभर्सन मर्मत गर्न सकिएको छैन ।
पानीको सतह नघटेसम्म काम हुन सक्ने अवस्था नरहेको र पानीको सतह खासै नघटेको कारण सोमबार यातायात सञ्चालनमा आउने सम्भावना निक्कै कम रहेको उनले बताए ।
यातायात अवरुद्ध भएको झण्डै २४ घण्टा पुग्ने लागेकोले यात्रुहरुले निक्कै सास्ती पाएको गुनासो गरेका छन् ।

अरुणखोलामा बाढी, डाइभर्सन बग्यो, महेन्द्र राजमार्ग फेरि अबरुद्ध, भोलि मात्र मर्मतको काम शुरु हुने

 

नवलपरासीको अरुणखोलामा ट्रकले ठक्कर दिंदा पुल भासियो; राजमार्गको ठूला सवारी साधन आवतजावतमा अवरोध

 

नवलपरासीको अरुणखोलामा अझै डाइभर्सन बन्न सकेन, टिप्परको लिगबाट सवारी पास, खोलामा ठूलो पानी आएर यातायात रोकिने

 

 



You might also like
Loading...