तीन सय करोड क्लबमा ‘वार’, बन्यो सबैभन्दा ठूलो ब्लकबस्टर

501








बलिउडका दुई एक्सन सुपरस्टार ऋतिक रोशन र टाइगर श्राफ स्टारर फिल्म ‘वार’ ले बक्सअफिसमा कमाल गरेको छ । फिल्मले प्रदर्शनको तीन हप्तामा तीन सय करोडको कलेक्सन गरेको छ । योसँगै वर्ष २०१९ को सबैभन्दा ठूलो ब्लकबस्टर फिल्म पनि सावित भएको छ । २ अक्टोबरमा रिलिज भएको फिल्मलाई दर्शकले निकै रुचाएका छन् ।



ऋतिक र टाइगरले पहिलो पटक सहकार्य गरेको यो फिल्मले अहिलेसम्म ठूला-ठूला रेकर्ड आफ्नो नाम गरेको छ । हालैमा फिल्मले कमाईको मामलामा अभिनेता शाहिद कपूर स्टारर फिल्म ‘कबीर सिंह’ लाई उछिनेको थियो । ‘कबीर सिंह’ को २ सय ७८ करोडको कलेक्सनलाई उछिन्दै ‘वार’ भारतको सबैभन्दा धेरै कमाउने फिल्ममा सामेल भएको छ ।
यो फिल्मले ओपनिङ डेमा ५३ करोड ३५ लाखको विजनेश गरेको थियो । योसँगै यसले आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ को सबैभन्दा ठूलो ओपनिङको रिकर्ड तोड्यो । यसपछि प्रदर्शनको तीन दिनमा सय करोड कमाएर एक नयाँ रेकर्ड पनि बनाएको छ । एक हप्तामा २ सय करोड कमाएर सलमान खानको ‘भारत’ को रेकर्ड समेत ब्रेक गर्‍यो ।
तीन सय करोड क्लबमा इन्ट्री हुने टाइगरको पहिलो फिल्म, २०१९ को सबैभन्दा चाँडो तीन सय करोड कमाउने फिल्म, हाइएस्ट ओपनर हिन्दी फिल्म, ऋतिक-टाइगर-यशराज फिल्मस्को हाइएस्ट ओपनर, टाइगर-ऋतिकको करिअरको हाइएस्ट ओपनर र २०१९ मा ओपनिङ डेमा सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड राख्यो ‘वार’ सफल भएको छ ।


You might also like
Loading...