पश्चिम नवलपरासीमा लागुऔषध सहित एक जना पक्राउ

उर्मिला यादव –
कार्तिक ७ सुनवल । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले लागुऔषध सहित एक जनालाइ पक्राउ गरेको छ ।
गेरमी प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले पाल्हिनन्दन गाउपालिका ५ भगतपुराबाट चितवन जिल्ला भरतपुर महानगरपालिका ४ बस्ने १९ बर्षीय सुरज परीयार पक्राउ गरेको छ ।
भारतिय सिमावर्ती एरियाबाट नेपाल तर्फ आउदै गरेको परीयार लाइ संका लागी चेकजाच गर्दा निजको साथबाट नुरफिन १३८ एम्पुल , फेनारागन १३८ एम्पुल र डाइजोपाम १३८ एम्पुल लागु औषध फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका परियार बिरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्याल पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिए ।
सम्बन्धित समाचार
पश्चिम नवलपरासीमा लागुऔषध सहित २ जना पक्राउ