द मोडेल अफ कल्चर कपिलवस्तुको फाइनल आज मायादेवी रिर्सोटमा हुँदै

राम अवतार चौधरी –
कपिलवस्तु, ०८ असोज । द मोडेल अफ कल्चर कपिलवस्तु–२०७६ को फाईनल शुक्रबार हुने कार्यक्रमको तयारी पूरा भएको छ । “कला, संस्कृतिको प्रवद्र्धन संगै पर्यटनको प्रवद्र्धन, युवा–युवतीको व्यक्तित्वसँगै कला कौशलको प्रदर्शन” भन्ने मुल नाराका साथ सञ्चलन हुन लागेको कार्यक्रमको सम्पूर्ण तयारी भएको आयोजकले जनाएको छ ।
बुद्ध सनेश साप्ताहिकको आयोजना थारु पत्रकार संघ नेपाल कपिलवस्तु र बुद्ध सनेस मिडिया गु्रपको सहयोगमा हुन् लागेको कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको विहिबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो । उक्त कार्यक्रममा थारु मात्र नभई अन्य समुदायले पनि भाग लिएका छन् । प्रतियोगिताको फाईनल कपिलवस्तुको मायादेवी रिसोर्टमा शुक्रबार ३ बजेदेखि राती ९ बजेसम्म हुने बताईएको छ ।
पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै आयोजक संस्थाका अध्यक्ष श्याम सिटीले यो कार्यक्रममा उत्कृष्ट हुने सहभागिहरुलाई सांगितिक क्षेत्रमा अवसरहरु प्रदान गर्ने बताए । अध्यक्ष सिटीले सो कार्यक्रमले लुकेर रहेका विभिन्न युवायुवतीहरुको क्षमतालाई प्रस्फुटन गराई विभिन्न अवसरहरु प्रदान गर्ने उद्देश्य आयोजना गरिएको समेत प्रष्ट पारे । सम्मेलनमा पत्रकार महासंघ कपिलवस्तुकी उपाध्यक्ष पार्वती पाण्डेले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै सञ्चार माध्यमबाट हुने सहयोग गर्नुका साथै आफूले समेत सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
उक्त्त कार्यक्रममा श्याम सिटीको अध्यक्षता, पत्रकार महासंघ कपिलवस्तुका सचिव हरि अधिकारी, सह सचिव मोहन बेलबासे लगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको र सो कार्यक्रम सृजना थारुको सञ्चालनमा सम्पन्न भएको द्धारिका प्रसाद थारुले जानकारी गराए ।