प्रहरीले आफैं हतियार राखेर तरुण दलका नेतालाई फसाउन खोजेको आरोप


दाङ, १५ कात्तिक  । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले नेपालगन्ज उपमहानगरपालिकाका नगरसभापति संदिपजंग शाहलाई प्रहरीले आफै हतियार राखेर झुट्टा मुद्दामा फसाउन खोजेको आरोप लगाएको छ ।
नेपालगञ्जको वडा नं. १३ रामबाघ निवासी ३२ बर्षीय शाहसहित थप ५ जनालाई प्रहरीले बिहीवार बेलुका साढे ८ बजेतिर नेपालगञ्ज २० नमस्ते भिलेज रिसोर्टबाट बेलुका पक्राउ गरेको थियो । उनीहरुले भित्र खाजा खाँदा बाहिर पार्किङ गरेर राखेको शाहको े बा १८ च ४२११ को कारको सिटमुनी पेस्तोल बरामद भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख तथा डिएसपी हेम शाहीले बताएका छन् । तर त्यसलाई नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले अस्विकार गरेका छन् ।
डिएसपी शाहीका अनुसार पेस्तोलसहित पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ रामबाघ बस्ने बर्ष ३२ को संदिपजंग शाह, दिनेश शाही, राघब शाह सानु , माधब नेपाली, जय बहादुर बुढा र प्रितम थापा मगर रहेको छन् ।
रिसोर्टमा पार्किङ गरिएका चेकजाच गर्ने क्रममा चालक बस्ने सिटको मुनि लुकाई राखेको मेड इन यूएस लेखेको म्याग्जीनसहितको अटोमेटिक पेस्तोल समेत बरामद गरेको प्रहरी नायब उपरिक्षक शाहीले दाबी गरेका छन् । सोही आरोपमा उनले तरुण नेताहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको समयमा नेपाल तरुणदलले प्रहरीले गतलकुरा गरेको जिकिर गरेको छ ।
केन्द्रीय अध्यक्ष बस्नेतले शुक्रवार विज्ञप्ती प्रकासित गर्दै प्रहरीले झुट्टा बाहना बनाई आफ्ना युवाहरुलाई पक्राउ गरि आतंक सृजना गर्न खोजेको दाबी गरेका छन् । आफ्ना कार्यकर्ता पक्राउ गरिएको घटनाको भत्सर्ना गर्दै अध्यष बस्नेतले बरामद हतियारको फिङगर प्रिन्ट चेकजाँच गर्न मागपनि गरेका छन् । उनले तरुण दलको धैर्यतालाई वेवास्ता नगर्न चेतावनीपनि दिएका छन् ।





सम्बन्धित
Loading...