कांग्रेस अब तदर्थवादबाट चल्न सक्दैन : शेखर कोइराला

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेस अब तदर्थवादबाट चल्न नसक्ने बताएका छन् ।
पार्टीका भातृ संगठनहरुका तदर्थ समितिहरु गठन गर्न लागिएको तर्फ संकेत गर्दै उनले कांग्रेस पार्टी अब तदर्थवादबाट चल्न नसक्ने बताएका हुन् ।
उनले भने, ‘सरकारको गलत क्रियाकलापका कारण हामीले चुनाव त जितौंला तर कांग्रेसले जनताका आवश्यकताका आधारमा आफ्ना एजेण्डा लिएर जनतामा जानुपर्छ ।’
विचारको बिषयमा बहस गर्ने क्रममा गुट उपगुट हुन सक्ने भन्दै उनले पदको बाँडफाँडका लागि गुट उपगुट स्वीकार्य नहुने बताए ।
मुलुक अति राष्ट्रवाद र उग्रराष्ट्रवादको चपेटामा परेको भन्दै उनले गणतन्त्र र लोकतन्त्रमाथि खतरा छ भने त्यो वर्तमान सरकारबाटै रहेको दाबी गरे ।