नवलपुरमा काँग्रेसले उम्मेद्वार टुंगायो




नवलपुर । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नवलपुरमा पनि काँग्रेसले उमेदवार टुंगो लगाएको छ ।
नवलपुरमा बुंदीकाली ५ मा वडाअध्यक्षको लागि निर्वाचन हुँदै छ ।
नेपाली काँग्रेस बुंदीकाली गाउँपालिकाले बुंदीकाली ५ को लागि तुलबहादुर राना अनिललाई उमेदवार चयन गरेको छ ।
बौदिकाली वडा न ५ मा वडा अध्यक्ष दलबहादुर थरु मगरको मृत्यु भएपछि निर्वाचन कार्यलयले यही मसिर १४ गतेलाई उपनिर्वाचन तोकेको छ ।
काग्रेस बौदिकालीले खाली रहेको वडा न ५ मा तुलबहादुर राना (अनिल) लाई सिफारिस गरेको नेपाली काँग्रेस जिल्ला सभापती विष्णु लामिछानेले जानकारी दिए ।
काग्रेस नवलपुरले गाउँपालिकाको निर्णय अनुसार नै पनि आफ्नो उमेदवार तयार गरेको पार्टी सचिब बालकृष्ण घिमेरेले जानकारी गराएका छन ।

बुंदीकाली ५ मा नेकपाबाट पूर्व अध्यक्षका छोरा उमेद्वार






सम्बन्धित
Loading...