उपनिर्वाचनका लागि मतपत्र आइपुग्यो

348







कावासोती । मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका नवलपुरमा मतपत्र र मतपेटिका आइपुगेको छ ।
पूर्वी नवलपरासीको बुंदीकाली ५ मा वडाअध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । यहाँ ८ सय ५३ जना मतदाता रहेका छन् । ९ सय ५० थान मतपत्र र मतपेटिकाहरु जिल्ला अदालत नवलपुरमा गएराति झारिएको जिल्ला निर्वाचन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ ।




बौदीकाली ५ मा वडाअध्यक्ष खिमबहादुर थापा खरु मगरको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि बुंदीकालीमा मुख्य निर्वाचन कार्यालयको स्थापना भईसकेको छ भने बुधबारबाट वडामा निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम शुरु गरेको छ ।
वडाअध्यक्ष खरु मगर नेकपा एमालेबाट निर्वाचित भएका थिए । वडाध्यक्षको रिक्त स्थानमा नेकपाले खरु मगरकै जेठा छोरा खिमबहादुर थापा खरु मगरलाई अगाडि सारेको छ ।
त्यस्तै नेपाली काँग्रेसले तुलबहादुर राना मगर (अनिल) लाई उम्मेदवार बनाएका छन् । तुलबहादुर र खिमबहादुर मामाभान्जा हुन् ।
त्यसैगरी बुंदीकाली ५ मा उपेन्द्र यादव र डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीबाट पितमबहादुर राना मगरले उम्मेदवारी दिएका छन् ।

उपनिर्वाचन २०७६: बुंदीकाली ५ मा वडा अध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी


You might also like
Loading...