दसगजा अतिक्रमण हटाउन संयुक्त टोली


  • पत्रपत्रिका –



कोसी नदीले १२ वर्षअघि भत्काएका नेपाल–भारत सीमास्तम्भ अझै निर्माण हुनसकेका छैनन् । सीमा छुट्याउन सुनसरी क्षेत्रमा गाडीएका २३ स्तम्भ भत्काएको थियो । सीमास्तम्भ नबन्दा दसगजा क्षेत्रमा अतिक्रमण बढ्दो छ ।




सशस्त्र प्रहरीले दसगजा क्षेत्रमा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन थालेको छ । बिहीबार सुनसर बर्जु गाउँपालिका–४ र भारतको अररिया सुनापुर ग्राम पञ्चायत–१७ गुवारपुच्छीको बीचमा पर्ने दसगजा क्षेत्र अतिक्रमण गरी नेपालीले बनाएका ११ घर टहरा भत्काइएको थियो । यस्तै, भारतर्फ पनि दसगजा क्षेत्र अतिक्रमण गरी चार घरटहरा भत्काइएको छ ।

दसगजा क्षेत्र ओगटेर दुवैतर्फ तरकारी र केरा खेतीसमेत लगाइएकोमा त्यसलाई पनि सशस्त्र प्रहरीले हटाएको जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट सशस्त्र प्रहरी निरीक्षक श्यामबाबु यादवको कमाण्डमा खटिएको टोली र समकक्षी भारतीय सीमा सुरक्षा बल ५६ बटालियन कम्पनी बिओपी पथ्थदेवबाट एएसआइ मुलराज शर्माको टोलीले दसगजा क्षेत्रमा बनाइएका घरटहरा भत्काएको हो ।

शुक्रबार पनि सशस्त्र प्रहरीले बर्जु गाउँपालिका–३ कै अमडुवा र भारत अररिया तेलिहारी खोलाबाट पश्चिमतर्फ मुख्य सीमा स्तम्भ नं. १८२ पिपी ७१ देखि सानो स्तम्भ १८२। २२ समम दसगजा अतिक्रमण गरी लगाइएको तरकारी बालीसँगै गाईवस्तुका लागि राखिएका सामग्री हटाइएको छ ।

  • नागरिक दैनिकबाट



सम्बन्धित
Loading...