‘हरे राम’ लेखेको विकनी लगाए पछि वाणी कपुर विवादमा


भारतीय अभिनेत्री वाणी कपुरले  ‘हरे राम’ लेखेको विकनी लगाएको फोटो सार्वजनिक भएपछि विवादमा तानिएकी छन्।  उनले विकनीमा भगवानको नाम लेखेर धर्मप्रति अपमान गरेको भन्दै सामाजिक सञ्जालमा तीव्र विरोध भएको छ।



जुनसुकै कपडालाई पनि फेसनको रूपमा प्रयोग गर्नेहरूलाई कडाभन्दा कडा कारबाही गरिनुपर्ने भन्दै सामाजिक सञ्जालमा विरोध भएको छ।  उनीविरुद्ध मुद्दासमेत दर्ता भएको छ।




मुम्बईको एनएम जोशी मार्गमा रहेको प्रहरी चौकीमा रमा सावन्त नामक महिलाले वाणीविरुद्ध मुद्दा दर्ता गराएकी छन्। वाणीले मानिसहरूको धार्मिक भावनामा ठेस पु¥याएको आरोप उनले लगाएकी छन्।

 



सम्बन्धित
Loading...