उपनिर्वाचन बुंदीकाली ५, नवलपरासीः उपनिर्वाचन लक्षित सुरक्षा व्यवस्था कडा


  • शोभा जि.सी.  –



नवलपुर । पूर्वी नवलपरासीको बुंदीकाली ५ मा वडाध्यक्षका लागि हुन लागेको उपनिर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर कार्कीका अनुसार नवलपुर जिल्लाको बुंदीकाली ५ मा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
उक्त वडा भित्र निर्वाचन नसकुन्जेलसम्मका लागि सवारी आवतजावतमा रोक लगाइएको छ भने मदिरा मद्यपान जस्ता वस्तु विक्री वितरण र सेवनमा रोक लगाइएको छ ।
कार्कीका अनुसार बुंदीकाली ५ मा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना सुरक्षाका लागि खटाइएको छ भने मतदान स्थल र मतगणना स्थलमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
उपनिर्वाचनलाई नै लक्षित गरी प्रशासनले उक्त क्षेत्रमा रहेका अवैध हातहतियार सरकारलाई बुझाउन निर्देशन गरेपनि अहिलेसम्म कसैले पनि हातहतियार बुझाएका छैनन् ।
बुंदीकाली ५ मा वडाअध्यक्षको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । यहाँ ३ जनाको वडाध्यक्षका लागि उम्मेदवारी परेको छ ।

 

उपनिर्वाचन २०७६: बुंदीकाली ५ मा वडा अध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी






सम्बन्धित
Loading...