यी हुन् लियोनार्दोकी नयाँ प्रेमिका – फोटो फिचर

एजेन्सी । हलिउडका नायक एवं पर्यावरणविद् लियोनार्दो डी क्याप्रियो मोडल क्यामिला मोरोनसँग प्रेम सम्बन्धका कारण अहिले चर्चामा छन् ।
क्यामिला अहिले आफू अभिनित चलचित्र ‘मिक्की एन्ड बियर’को प्रमोशनमा व्यस्त छिन् ।
उनीहरुको उमेर अन्तरको विषयमा कतिपयले टिप्पणी गरे पनि क्यामिलाले भने लियोनार्दोलाई आफ्नो भावना बुझ्ने व्यक्तिका रुपमा बुझेकी छिन् । उनीहरुको विवाह कहिले भन्ने विषयमा भने दुबैले कुनै प्रतिक्रिया दिएका छैनन् । उनीहरुको रोमान्सको तस्विर सार्वजनिक भएपछि उनीहरुको सम्बन्धवारे चर्चा सुरु भएको थियो ।
