प्रदेश ३ को नाम वाग्मती

काठमाडौँ — प्रदेश ३ को नाम वाग्मती राखिएको छ । आइतबारको प्रदेशसभामा प्रदेश ३ को नाम वाग्मती राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको हो ।
प्रदेश नाम वाग्मती राखियोस् भन्नेकांग्रेस सांसद इन्द्र बानियाँले राखेको प्रस्तावको पक्षमा १ सय ५ मत परेको थियो । प्रदेश सभाका ११० मध्ये १०८ सांसद मतदानमा सहभागी भए । जसमा बागमतीको पक्षमा १०५ र विपक्षमा ३ मत खसेको थियो। यसअघि प्रदेश ३ को राजधानी मकवानपुरको हेटौँडालाई पनि बहुमतले कायम गरेको थियो।