छिमेकीको घरमा आगो लगाइदिने प्रहरी नियन्त्रणमा
- शोभा जिसी –

कावासोती । पूर्वी नवलपरासीको बुंदीकाली गाउँपालिका २ निवासी ऋषी दरैको घरमा आगो लगाइदिएको आरोपमा नवलपुर प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
स्थानीय २९ बर्षीय लेखमाया दरैलाई आगलागीमा सम्लग्न रहेको आरोपमा नियन्त्रणमा लिई मुलुक अपराध संहित २०७५ को दफा २८५ बमोजिम अपराधिक उपद्रव मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।
आगलागीबाट दरैको घरको काठ, अन्न, लत्ताकपडा, विजुलीको मिटर बक्स समेत क्षति भएको छ ।
आगो स्थानीय र इलाका प्रहरी कार्यालय डेडगाउँको प्रहरीले नियन्त्रणमा लिएको थियो ।