हुप्सेकोटमा रातभर तनावग्रस्तः सिक्ने क्रममा गाडी दुर्घटना

कावासोती । हुप्सेकोट गाउँपालिकामा रात भर तनाव भएको छ । हुप्सेकोट गाउँपालिकाको जीपको ठक्करबाट एक जनाको मृत्यु र २ जना घाइते भएपछि त्यसको विरोधमा हुप्सेकोट गाउँपालिकामा रातभर तनाव भएको हो ।
स्थानीयले सवारी चालकलाई पक्राउ गर्नु पर्ने र गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डे आएर घटनाको बारेमा सम्बोद्धन गर्न माग गरेको भए पनि दुवै माग पुरा नभएपनि स्थानीय विरोधमा उत्रिएका हुन् ।
विरोधका बीच कार्यालय समय सकिएर रातको समयमा दुई जना कर्मचारीले कार्यालय खोलेपछि स्थानीयले उनीहरुलाई कार्यालय भित्रै राखेर ताला लगाइदिएको थियो । ताला विहान पख प्रहरीले बल प्रयोग गरेर खोलेको छ ।
कार्यालयको ताला खोलेपछि भित्र थुनिएका कर्मचारी र ट्राफिक प्रहरी कार्यालयबाट निकालिएको छ ।
सिक्ने क्रममा दुर्घटना
हुप्सेकाट गाउँपालिकाका उपाध्यक्ष स्वतन्त्र कोपिला मल्ललाई छाडेर आउने क्रममा गाडी दुर्घटनामा परेको भनेर प्रचार गरिए पनि गाडी सिक्ने क्रममा दुर्घटना भएको स्थानीयले बताएका छन् ।
गाडीका चालक नभएको र गाउँपालिकाका कर्मचारी (अधिकृत) शिव सुवेदीले गाडी सिक्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा पाँच बर्षीय बालकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते छन् । सुवेदी फरार छन् । उनले गाउँपालिकाको गाडी लिएर सिक्न जाँदा दुर्घटना भएको हो ।
हुप्सेकाेट गाउँपालिकाकाे जीपकाे ठक्करबाट बालककाे मृत्यु, ३ जना घाईते