कावासोतीमा पर्यटक सूचना केन्द्र स्थापना

- शोभा जिसी –
कावासोती । कावासोतीमा पर्यटक सूचना केन्द्र स्थापना भएको छ । कावासोती १५ को वडा कार्यालय अगाडि सूचना केन्द्र स्थापना भएको हो ।
कावासोती नगरपालिका भित्र आउने पर्यटकहरुको तथ्यांक राख्ने, पर्यटकहरुलाई नगरपालिका भित्रको पर्यटकीय क्षेत्रको सूचना दिने, घुम्ने बस्ने ठाउँको जानकारी दिने, कस्ता कस्ता पर्यटक आए, कति आर्थिक खर्च गरे लगायतका सूचना दिन र लिन सूचना केन्द्र स्थापना गरिएको कावासोती १५ का वडा अध्यक्ष देवनारायण महतोले बताए ।