बंगलादेशमा हुने दक्षिण एसिया स्तरीय सेफाक ताक्रो खेलमा नवलपुरका दुई खेलाडी छनौट

बुधबारदेखि बन्द शत्र शुरु


  • पार्वती पाण्डे –


नवलपरासी । बंगालदेशमा ५ मार्चबाट शुरु हुने दक्षिण एसिया स्तरीय सेफाक ताक्रो खेलमा सहभागी हुने नेपाली खेलाडीहरु बुधबारबाट बन्द प्रशिक्षणमा सहभागी भएका छन् ।
सेफाक ताक्रोका ३ वटा इभेन्टका लागि नेपालबाट पुरुष ६ जना र महिला ४ जना खेलाडी छनौट भएका छन् । छनौट भएका खेलाहीहरु बुधबारबाट बन्द प्रशिक्षणमा बसेका हुन् ।
प्रतियोगिताका लागि नवलपुर जिल्लाका दुई जना खेलाडी छनौट भएका छन् । प्रतियोगितामा नवलपुरको देवचुली नगरपालिका वडा नम्बर १ का विजय महतो र विपिन थनेत छनोट भएका हुन । थनेतका अनुसार उनीहरुसँगै पुरुषतर्फ काठमाडौंका अनिल गुरुङ, दिपेस जंग थापा, धादिङको रविन भट्टराई र ओखलढुंगाको रोशन तामाङ बन्द शत्रमा बुधबारबाट सहभागी छन् ।
त्यसैगरी महिलातर्फ सोममाया थापा मगर (गोर्खा), सुमित्रा डंगोल काठमाडौं, स्वस्तिका श्रेष्ठ (काठमाडौं) र चन्द्रा चौधरी (कैलाली) छनौट भएका छन् । उनीहरु पनि बुधबारदेखि नै बन्द प्रशिक्षणमा सहभागी भएको विपिन थनेतले बताए ।
बंगलादेशमा हुने प्रतियोगितामा दक्षिण एसियाका ८ देशका खेलाडीहरु सहभागि हुँदैछन् । प्रतियोगितामा रेगु, क्वार्ट र डबल रेगु गरी तीन वटा इभेन्टमा प्रतिस्पर्धा हुने छ ।




अन्तराष्ट्रिय खेलका लागि देवचुलीबाट दुई खेलाडी बंगलादेश प्रस्थान



सम्बन्धित
Loading...