अभिनेत्री रिश्ता भारतीय म्युजिक भिडियोमा




काठमाडौं । अभिनेत्री रिश्ता बस्नेत एउटा भारतीय गीतको म्युजिक भिडियोमा प्रस्तुत भएकी छन् । उनले सो म्युजिक भिडियोमा भारतीय मोडल मञ्जुल खट्टरसँग अभिनय गरेकी छन् ।

यो म्युजिक भिडियोलाई नेपालकै प्राविधिक र निर्देशकलाई प्रयोग गरेर यहीँ छायांकन गरिएको छ । भिडियोमा पोखराको पर्यटकीय क्षेत्र र कास्कीका विभिन्न रमणीय क्षेत्रलाई समेटिएको छ ।




हिन्दी गीत ‘साथिया तेरे बिना’को यो म्युजिक भिडियोलाई मंगलबार जी म्युजिक कम्पनीको युट्युब च्यानलबाट रिलिज गरिएको हो । गीत, भिडियो र अभिनेत्री रिश्ताको कामको भारतीय दर्शकले युट्युब च्यानलमा प्रशंसा गरेका छन् । अभिनेत्री रिश्ता पछिल्लो समय सिनेमाभन्दा म्युजिक भिडियोमा देखिने गरेकी छन् ।

चलचित्र यात्रा (द ब्लग)का निर्देशक सम्राट शाक्यले यो हिन्दी गीतको भिडियो निर्देशक गरेका छन् । यो गीतलाई कात्तिक कुस र ज्योतिका तङ्गीले गाएका हुन् । जसमा पुनित अवस्थीको संगीत रहेको छ । सञ्जिव पाण्डेको शब्द छ ।

कञ्चनजंघा सिने क्रियसनको निर्माण गरेको यो भिडियोमा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।यो भिडियोलाई नृत्य निर्देशक कमल राईले कोरियोग्राफी गरेका हुन् ।



सम्बन्धित
Loading...