दिवेश पुगे अमेरिकन आइडलको टप ७ मा, फाइनल पुग्न अब एक खुड्कीलो बाँकी (भिडियाे)


दिवेश पोखरेल विश्व चर्चित रियलिटी शो अ‍ेरिकन आइडलको उत्कृष्ट ७ मा पर्ने सफल भएका छन् । नेपाली मुलका प्रतियोगी दिवेश आज राति दिएको प्रतुतीको आधारमा उत्कृष्ट ७ मा परेका हुन् ।



उनले अमेरिकाको स्टेजमा अर्थर गनको नामले चिनिदै आएका छन् । उनले सामुयल इ राइटको ‘किस द गर्ल’ बोलको गीत मेलोडियस स्वरमा गाएर जजहरुलाई मुग्ध पारेका थिए । उनको प्रत्येक प्रस्तुतीमा तारिफ गर्ने गरेका जजहरुले आजको प्रस्तुतीमा पनि तारिफ गरे ।

कोरोना भाइरसको कारण अमेरिकामा पनि लकडाउन जारी रहेका कारण उनले आफु रहेकै घरबाट आमा बुबा सँगै बसेर प्रस्तुती दिएका थिए । टप ५ बाट फाइनल गराइने अमेरिकन आइडलको नियमअनुसार दिवेश अब फाइनलमा पुग्न एक खुड्फकीलो मात्र बाँकी छ ।




उनी आजको प्रस्तुतीको आधारमा प्रशस्त भोट फाइनलमा पुग्नेछन् । आइडलको फाइनल मे १७ मा हुनेछ । काठमाडौंमा जन्मिएका दिवेश हाल पढाइको शीलसिलामा परिवारसँगै अमेरिकामा बस्दै आएका छन् । (भिडियाे)

https://youtu.be/_b218ewbbfs



सम्बन्धित
Loading...