चितवनमा बुधबार थप २ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा बुधबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा जेठ २५ र २६ गते परीक्षण गरिएको १ सय ३७ नमुनामध्ये चितवनका दुई र पूर्वी नवलपरासीका २ जना गरी ४ जनामा बुधबार कोरोना भाइरस देखिएको हो।
कालिका ६ जुटपानीका २० बर्षिय पुरुष र भरतपुर ५ का २८ बर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।
बधुबार रिपोर्ट आएका मध्ये बाँकीको भने नेगेटिभ रिपोर्ट आएको छ ।
सम्बन्धित समाचार